धुर्मुस भन्छन्, ‘कुनै पनि हालतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुन्छ’

 

फागुन १९, चितवन । धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले चितवनमा कुनै पनि हालतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने बताएका छन् । 

आइतबार चितवनमा पत्रकारहरु सँगको भेटघाटका क्रम्मा बोल्दै धुर्मुसले ठुलो आँट र अठोटका साथ यो अभियानमा होमिएकोले यसलाई कुनै पनि हालतमा पुरा गरेरै छाड्ने बताएका हुन् । 

null

उनले यो अभियान अब सबै नेपालीहरुको अभियान भएकाले यसलाई जसरी पनि सफल बनाउने र यसको लागी जनस्तरबाट समेत साथ दिन आग्रह गरेका छन् । 

‘हामी विश्वको इतिहासमा नै पहिलो पटक जनस्तरबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा छौँ, सबै नेपाली मिलेर यसलाई सफल बनाउनुपर्छ’, उनले भने, ‘सबै नेपाली एक भएर लाग्ने हो भने छिट्टै रंगशाला निर्माण हुनेछ । हामीले त केबल एउटा आँट मात्र देखाएका हौं ।’ 

यस्तै, उनले आफ्नो नशा नशामा अन्तर्राष्ट्रिय रंगशाला रहेको बताएका छन् । म सुत्दा, उठ्दा, हिँड्दा, डुल्दा जति बेला पनि रंगशाला मात्र देखिरहेको छु । मेरो नशा नशामा रंगशाला छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *