अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं, २६ फाल्गुन । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ९४ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ५४ पैसा रहेको छ जुन शुक्रबारको तुलनामा केहि बढेको हो । यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ २५ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ४७ पैसा र बिक्रिदर १४७ रुपैयाँ २५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ । 

 

null

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रिदर ३० रुपैयाँ ९१ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ १२ पैसा र बिक्रिदर ३७० रुपैयाँ ०९ पैसा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *