किक बक्सिगं खेलमा नेपाल बिजयी

 

फागुन १९, जापान । जापानमा भएको व्यवसायिक किक बक्सिगं खेलमा नेपाली खेलाडी अबिरल घिमिरेले कोरियाका चर्चीत किक बक्सरलाई नक आउट गराउँदै नेपाली झण्डा फहराएका छन्। 

करिव दुई दर्जन व्यवसायिक किक बक्सिगं खेलमा भिडिसकेका कोरियाली खेलाडीलाई लगातार दुई पटक ढाल्दै १९ बर्षिय नेपाली युवा किक बक्सर अबिरल घिमिरेले खेल जितेका हुन्। 

null

 

जापानमा हिमाली चितुवाको नाममा परिचित अविरलले जापानको नागोया स्थित नागोया कंग्रेस सेन्टर मा आज भएको खेलमा कोरियन खेलाडी जुंग ओ जिमलाई पराजित गर्दै नेपाली झण्डा फहराएका हुन् । 

 आफ्नै पिता तथा नेपालको पहिलो के वन खेलाडीको रुपमा परिचित देव घिमिरेसँग जापानमै रहँदै आएका अबिरलले आफ्नै पिताले सञ्चालन गरेको सिमुरा डोजोसँगै जापानी प्रशिक्षकहरुसँग समेत प्रशिक्षण लिंदै आएका छन् । 

अबिरललाई हौसला प्रदान गर्न दुई दर्जन बढी नेपालीहरु खेल स्थलमा पुगेका थिए । जापानमा कोरियाली किक बक्सरलाई पराजित गरेपछि छोटो प्रतिक्रिया दिंदै अबिरलले सबै जापानवासी नेपालीको माया र साथ अनि आफ्नो मेहनतले नेपाली झण्डा फहराउन सकेको बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *