प्रदेश सरकारद्वारा पाँचौ महिला साफ फुटबल विजयीलाई पुरस्कार दिने घोषणा

 

चैत ८,  विराटनगर ।  नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नं १ को आज भएको निर्णय अनुसार सो पुरस्कार दिने घोषणा भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिनुभयो । 

null

मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल समूह दोस्रो विजेता भएमा खेलाडीको हौसला बढाउन जनही रु एक लाख प्रदान गर्ने निर्णय भएको छ । फागुन २८ गते शुरु भएको सो प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच आज अन्तिम खेल हुने भएको छ । यसैगरी, नेपाल समूह विजेता भएमा विराटनगर महानगरपालिकाले पनि थप पुरस्कार दिने प्रमुख भीम पराजुलीले यसअघि नै घोषणा गरि सकेका थिए । प्रतियोगिता विराटनगरको शहिद रङ्गशालामा भइहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *