मुख्यमन्त्री कपको रिपोर्टिङमा गएका पत्रकारमाथि दुव्यर्वहार

धनगढी, १ चैत्र । धनगढीमा जारी अन्तर प्रदेशिय मुख्यमन्त्री कप खेलकुद प्रतियोगितामाको रिपोर्टिङ गर्ने क्रममा पत्रकारमाथि दुव्यर्वहार भएको छ । प्रतियोगिता संचालन गर्ने क्रममा स्वयंसेवक नियुक्तीको विषयमा विवाद आएपछि प्रतियोगिता आयोजना गरिरहेको सामाजिक मन्त्रालयमा रिपोर्टिङ गर्न गएका काठमाडौ प्रेसका संवाददाता डिल्लीराज ओझा र रेडियो डेलिमेल धनगढीका संवाददाता महेन्द्र बममाथि दुव्र्यवहार भएको हो । 

सामाजिक विकास मन्त्रालयमै मुख्यमन्त्री कपको स्वयंसेवक तथा युवा परिचालन उपसमिति संयोजक रोहित कुँवरले भिडियो खिचिरहेका डिल्लीराज ओझालाई भिडियो नखिच्नुहोस्, अहिले नै बन्द गर्नुहोस् भन्दै हातबाट मोबाइल थुतेर मोबाइलमा भएका सबै डाटाहरु डिलिट गरेका हुन् । 

यता सामाजिक विकास मन्त्रालयमा पत्रकार माथि गरिएको दुब्र्यवहारको घटना प्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वयंसेवक उप–समिति गठनका बिषयमा समाचार संकलन गर्न पुगेका रेडियो डेलिमेल एफएमका सम्वाददाता महेन्द्र बम र डिल्लीराज ओझालाई स्वयंसेवक उप–समिति संयोजक रोहित कुवँरले दुब्र्यबहार गर्दै मोवाईल खोसेर समाचार प्रयोजनका लागि रेकर्ड गरिएका समाग्री डिलिट गरिएको घटनाप्रति पत्रकार महासंघले घोर भत्र्सना गरेको हो । 

null

 

महासंघका कोषाध्यक्ष हिमाल जोशीद्धारा जारी विज्ञप्तीमा पत्रकारद्वयमाथि भएको दुब्र्यबहारलाई प्रेस स्वतन्त्रता हनन्को घटनाको निरन्तरताको ठहर गरिएको छ । यस्ता घटना नगर्न र नगराउन सम्बन्धित पक्षलाई सचेत गराउँदै घटनाका दोषीलाई कानुनी कार्वाही गर्न सम्बन्धित निकायससँग पत्रकार महासंद्धले माग समेत गरेको छ । यसैगरी युवा तथा स्वयंसेवक परिचालन उपसमितिका संयोजक रोहित कुँवरबाट भएको दुव्र्यवहारप्रति नेपाल प्रेस युनियन, कैलालीले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचार संकलन गर्न गएका पत्रकारहरुमाथि मन्त्रीकै कार्यकक्षमा दुव्र्यहार हुनु र फुटेज समेत जबरजस्ती डिलिट गर्नुलाई सत्ताको आडमा प्रेसमाथिको हस्तक्षेपका भएको ठहर प्रेस युनियनले गरेको छ । 

अध्यक्ष श्रवण देउवाद्धारा जारी विज्ञप्तीमा सत्ताको आडमा आफ्ना गल्ती ढाकछोप गर्न स्वतन्त्र तथा निष्पक्ष ढंगले समाचार संकलन तथा सम्प्रेषणको दायित्व निर्वाह गरिरहेका सञ्चारकर्मीमाथि धम्क्याउने, दुव्र्यवहार गर्ने प्रयास भइरहेकोमा नेपाल प्रेस युनियनले खेद व्यक्त गरेको छ । युनियन विज्ञप्ती मार्फत कैलालीमा आगामी दिनमा यस्ता गलत व्यवहार दोहोरिन नदिन सो घटनामा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई निर्भयपूर्वक समाचार संकलनको वातावरण बनाउन प्रदेश सरकारसंग माग गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *