प्रहरी महानिरीक्षक खनालद्धारा आसरा सुधार केन्द्रको उदघाटन

 

चैत्र १, धरान ।  धरानमा लागूऔषध दुर्व्यसन मुक्त समाज बनाउने उद्देश्यले आसरा सुधार केन्द्रको उद्घाटन गरिएको छ ।  आाज शुक्रबार धरान ६ पानबारीमा केन्द्रको धरान शाखाको रुपमा सञ्चालनमा आएको हो । 

नेपाल प्रहरी श्रीमती संघद्वारा सञ्चालित केन्द्रले धरान-६ पानवारीको मार्गे चौरीमा शाखा विस्तार गरिएकाे हो । केन्द्रको प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले उक्त केन्द्रकाे उद्घाटन गरेका हुन् ।  सोही अवसरमा खनालले कुलतको समस्या घरको मात्र समस्या नभई समाजको भएकले सबै मिलेर यसलाई निराकरण गर्न तर्फ ध्यान दिनु पर्नै बताए । 

null

यी र यस्ता समस्या दुर्व्यसनीको रुपमा रहेकोले सेवा केन्द्रलाई जेल जस्तो नभई समाज सुधारक कार्यको थालनी गरी सेवा दिनु पर्नै बताए । खनालले कुलतमा लागेकोलाई काउन्सीलिङ  लगायताका अन्य कुनै उपाय नरहेकोले यस्ता केन्द्रहरुलाई समाजिक कामप्रति अगाडी बढाउँदै लैजानु पर्नै बताए । त्यस्तै खनालले यस्ता किसिमका भवन नै अबको दिनमा बनाउन नपरोस भन्ने कामना गरे । 

त्यस्तै खनालले भोलीको देश बनाउने जिम्मा समेत केन्द्रका सञ्चालक समितीलाई रहेको पनि भनाई राखे । सोही क्रममा खनालले महिलाहरुको सर्न्दभमा कुलतमा लागेकालाई पनि सम्मान जनक व्यवहार गर्न सुझाव दिए ।  सोही कार्यक्रममा आसरा केन्दका सचिव सरोज श्रेष्ठले समाजमा आवास सुविधा सहितको तीन तल्लाको भवन तथा सम्पूर्ण फर्निचरका सामानहरु गरी २ करोड ३७ लाखमा निर्माण सम्पन्न भएको जानकारी दिए ।’ 

 

भवनमा आवास कक्ष, बैठक कक्ष, कार्यालय कक्ष, जीम, योग तथा कक्षा सञ्चालन हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डाइनिङ हल, टिभी रुम, शौचालय, बाथरुम उपलब्ध छन् । 

दुर्व्यसनी को सुधारको लागि बनाइएको यो नै पहिलो सुविधा सम्पन्न भवन भएको निर्माण समितिका संयोजक मनोज कुमार मेन्याङबोले बताए । करिब २ सय जनालाई राखेर उपचार गर्ने क्षमता भएको उनको भनाइ थियो । प्रहरी र जनताको प्रत्यक्ष सहभागितामा सुधार केन्द्रको निर्माण गरिएको बताउँदै यसमा जनताको पनि भुमिका रहनु पर्ने उनले बताए । 

‘प्रहरी र जनताको संयुक्त सहयोगमा निर्माण भएको हो, जनताको पनि सहभागीता हुन जरुरी छ,’उनले भने,‘एसएसपी सावको अध्यक्षतामा सञ्चालन समिति निर्माण भएको छ, यसमा ४९ प्रतिशत जनताको तर्फबाट पनि सहभागीता रहेकाे छ । काठमाडौको रानीबारीमा सञ्चालित आसरा सुधार केन्द्रमा मासिक प्रतिव्यक्ति १६ हजार लिइने गरिएको सञ्चालक समितिका सदस्य सचिव प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिए । तर, धरान शाखामा भने मासिक प्रतिव्यक्ति १५ हजार मात्र तोकिएको उनको भनाइ थियो । 

चार महिनामा एक दुर्व्यसनीले  ६० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । स्थानीय सरकारले सिफारिस गरेका विपन्न दुर्व्यसनसीको हकमा १० प्रतिशतसम्म छुट गर्ने प्रावधान रहेको उनले बताए ।  

पाँचकन्या सामुदायिक बन उपभोक्ता समूहको संरक्षणमा रहेको करिब ७ कठ्ठा जग्गा र धरान–२ निवासी रामहरी हाडाले १८ दशमलव ५ धुर जग्गा उपलब्ध गराएको जम्मा ७ कठ्ठा १८.५ धुर क्षेत्रफलमा आसरा फैलिएको छ । धरान सहित पूर्वका विभिन्न जनताको प्रत्यक्ष सहयोगमा निर्माण गरिएकोले शुल्कमा केही प्रतिशत छुटको व्यावस्था गर्ने मेन्याङबोले बताए । 

त्यस्तै सुधार केन्द्र सचालनको लागि संघीय प्रहरी इकाइ कार्यालय धरानका एसएसपी सरदकुमार खत्रीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।सुधार केन्द्रको सुरक्षार्थको लागि प्रहरी निरीक्षकको कमाण्डमा २० जना प्रहरीहरु रहने बताइएको छ । निर्माण गर्न पर्ने बाँकी योगा हल, डाइनिङ हल, स्पोष्टर्स एरिया, प्रतिक्षालय, कर्मचारी अवास, परामर्श दाता कोठा र ट्रेनिङ हल रहेको बताइएको छ । 

आवश्कता अनुसार पोष्टिक आहार, पारीवारिक परामर्श, सामाजिक कार्यमा सहभागिता, पारिवारिक भेटघाट र आवश्यक शारिरीक व्यायामका क्रियाकलापहरु गराइने प्रनि कट्वालले बताए । मनोसामाजिक लेखाजोखा, शारिरीक जाँच पश्चात ४ महिनाको लागि भर्ना गरिने उनको भनाइ थियो । यस केन्द्रमा हाललाई १ सय जनलाई मात्र भर्ना गरिने र नाम टिपाउने काम चलिरहेको बताए । 

गम्भीर प्रकारको रोग लागेको र कुनै सरुवा रोग लागेकोलाई भर्ना नलिने समेत बताए । स्वास्थ्य उपचारको लागि केन्द्रमा २४ सै घण्टा हेल्थ असिष्टेड (एचए) र सिएमए दुई जना रहने छ । प्रत्येक हप्ता चिकित्सकीय सेवा चेक जाँचहरु गरिने छ । खानाको रुटिन अनुसार दैनिक खुवाइने समेत बताइएको छ । आसराको पानवारी शाखा भवन निर्माण गर्नको लागि २५ हजार भन्दा माथी सहयोग गर्नेलाई आसरा सुधार केन्द्रको आजीवन संस्थापक सदस्य प्रदान गरिएको छ । हालसम्म ३ सय ३७ जना संस्थापक सदस्य रहेका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *