सहकारीसम्बन्धी प्रादेशिक गोष्ठी सुरु

 

फागुन १७, विराटनगर । दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ सहकारी क्षेत्रको  प्रवर्धनमा प्रदेश तथा स्थानीय तहको भूमिकाको विषयमा २ दिने गोष्ठी विराटनगरमा सुरु भएको छ । 

विराटनगरको होटल बिगमा आयोजित उक्त गोष्ठीमा प्रदेश सरकारका उच्च अधिकारी, प्रदेशसभाका सांसदहरु, १ नम्बर प्रदेशका सबै स्थानिय तहका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरू र सहकारीसँग आवद्ध अगुवाहरु रहेका छन् । प्रदेश सरकार र स्थानिय सरकारले सहकारी नियन्त्रण नियमन, अनुगमन र प्रवर्धनका लागि धमाधम कानून निर्माण गरिरहेका बेला राष्ट्रिय सहकारी महासंघको आयोजना, प्रदेशको सहकारी मन्त्रालय र युएनडिपीको सहयोगमा उक्त कार्यक्रम भएको हो । 

null

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले कानून निर्माणको चरणमा प्रदेश तथा स्थानिय सरकार रहेको भन्दै सरकारहरु सहकारीमैत्री बन्नुपर्ने धारणा राखे । २ दिनसम्म चल्ने गोष्ठीमा सहकारी क्षेत्र प्रवर्धनमा सहकारीमैत्री कानून निर्माण विषयक कार्यपत्र भूमि व्यष्वस्था तथा सहकारी तथा गरिवि निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले, समृद्धीको यात्रामा प्रदेश स्थानिय सरकार र सहकारीबीचको समन्वयको विषयमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले र दिगो विकासको लक्ष्य प्राप्तिमा सहकारीको भूमिका विषयमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्लले कार्यपत्र प्रस्तुत गरेकी थिइन्।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *