वृद्धलाई ट्याक्सीबाट झारेर भाग्ने चालक प्रहरी नियन्त्रणमा (भिडियोसहित)

 

चैत १५, काठमाडौँ । हृदयघात भएका वृद्धलाई अस्पताल नपुर्याइ बीच बाटोमै ट्याक्सीबाट झारेर फरार भएका ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

गोकर्णेश्वर नगरपालिलका–४ का ६० वर्षीय गोपाल कारञ्जिलाई जबरजस्ती गाडीबाट निकालेर सडकमै अलपत्र छोड्ने ट्याक्सी चालक कमलबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

सिसी टिभी फुटेजको आधारमा चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । पहिचान गर्दै शुक्रबार पक्राउ गरेको हो। बिरामी वृद्धको मृत्यु भइसकेको छ । 

वृद्धलाई उनका छोरा प्रवीणले अस्पतालमा उपचार गराएर पितालाई बा१ख ३८५१ नम्बरको ट्याक्सीमा राखी आफू घर फर्कँदै थिए । ट्याक्सी चढेको केही समयमै वृद्ध मुर्छा परेपछि ट्याक्सी चालकले घर नपुर्याई बाटोमै अलपत्र छोडेका हुन् । 

भिडियो लिंकः 

https://twitter.com/IsarojB/status/1111496686726275073 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *