मालपोत कार्यालयले वितरण गर्ने रातो पूर्जा लिन किसानहरूसंँग पैसाको बार्गेनिङ

 

फागुन २२, चितवन । कालिका नगरपालिका अन्तर्गत पदमपुर क्षेत्रमा बिचौलियाहरुले रातो पूर्जा लिने किसानहरूसंँग खुलेआम रूपमा पैसाको बार्गेनिङ गर्ने गरेको पाइएको छ । 

जिल्ला मालपोत कार्यालय चितवनले सेतो पूर्जा भएकाहरुका लागी रातो पूर्जा वितरण गर्न अध्यावधिक गर्ने काम सुरु गरेपछि यहाँको बिचौलीयाहरुले पदमपुर क्षेत्रका किसानहरुसंँग रातो पूर्जा निकालिदिने भन्दै पैसाको बार्गेनिङ गर्ने गरेको उजुरी मालपोत कार्यालयमै परेपछि घट्ना छताछुल्ल भएको हो । 

null

यहाँका स्थानीय सोझा थारु र आदिवासी समुदायलाई त्यहाँका केही बिचौलियाहरुले आर्थिक अवस्था हेरेर १० हजारदेखि दुई लाख रुपैयाँसम्म माग गर्ने गरेको गुनासो केही दिनअघि मात्रै मालपोत कार्यालय भरतपुरमा परेको थियो । 

कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार बिचौलियाहरुले रातो पूर्जा निकाल्दा मालपोतका हाकिम र कर्मचारीलाई पैसा खुवाउनुपर्ने अन्यथा रातो पुर्जी नपाउने भन्दै स्थानीयहरुसंँग पैसा माग गर्ने गरेको उजुरी आफूकहाँ आइपुगेको बताए । उनले जग्गा प्लटिंङ्गमा सक्रिय केही व्यक्तिहरुले स्थानीयलाई तर्साउँदै पैसा माग गर्ने गरेको गुनासो आएलगत्तै आफैं फिल्डमा पुगी जनप्रतिनिधि समेतलाई राखी गलत काम गर्नेलाई समातेर तत्कालै प्रहरीलाई बुझाउन र जग्गा धनीलाई पनि बिचौलियाको पछाडि नलाग्न आग्रह समेत गरेका छन् । 

कार्यालयले बिगतमा चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरबाट स्थानान्तरण भई पदमपुरमा बसेका सेता पूर्जा पाएकाहरुको अध्यावधिक गरी रातो पूर्जा दिन सुरु गरेको छ । 

सुकुम्बासीलाई जग्गा प्रदान गर्ने बेलामा केही अवधि तोकेर शर्तनामा गरि जग्गा बितरण गरेको र अहिले शर्त अवधि सकिएपछि अध्यावधिक गरी रातो पूर्जा दिन सुरु गरिएको मालपोत कार्यालय चितवनका प्रमुख पौडेलको भनाइ छ । 

जग्गा धनीसँग केही बिचौलियाहरुले आर्थिक संकलन गरी ठग्ने काम गरेको सूचनाका आधारमा कार्यालयले बिचौलियाको निगरानी राखेको र शंकास्पद केही देखा परे तत्कालै कार्यकक्षमा ल्याएर सोध खोज गर्ने गरेको उनले बताए । 

मालपोतमा कुनै अतिरिक्त शुल्क नलाग्ने र २ सय रुपैयाँमा नै रातो पूर्जा पाईने भएकाले बिचौलियाको पछाडि नलाग्न कार्यालय प्रमुख पौडेलले आग्रह गरे । आफूले कार्यालयको हरेक काम कारवाहीलाई प्रभावकारी बनाउन कडा निर्देशन दिएको र सेवाग्राहीको काम छिटो भन्दा छिटो सक्ने गरी काम गर्न हरेक कर्मचारीलाई सक्रिय बनाएको उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − ten =