एन. सी. सी. बैंक अवकाश कोषद्वारा लाभांश वितरण

चैत्र १३, काठमाडाैँ ।  एन. सी. सी. बैंक अवकाश कोषद्वारा, संचितबचतको ७०% लाभांशवितरण गरेको छ । एन. सी. सी. बैंक अवकाश कोषले देशभर रहेका आफ्ना १२२ शाखाहरु मार्फत संचयकोष, अवकाश कोष, उपदान कोष, संचित बिदा कोष लगायत अन्य कोषहरुको खाता खोल्ने, संचित बचतको ९०% सम्मकर्जा दिने एवं अवकाश पाएका कर्मचारीहरुलाई संचित कोष रकम फिर्ता भुक्तानी दिने जस्ता कार्यहरु गर्दै आईरहेको छ । 

यस कोषले गत २०७५ आषाढ मसान्त सम्मको संचित बचत (Surplus) बाट ७०% रकम रु. ३ करोड ६२ लाख ७० हजार रुपैँया आफ्ना करिव २०० भन्दा बढी संघ सस्थाका सबै ग्राहक कर्मचारीहरुलाई सोही अवधीको संचित अवकाश कोषमा रहेको मौज्दातको १.८३% लाभांश रकम निजहरुकै सम्बन्धित अवकाश कोष खाताहरुमा जम्माहुने गरी वितरण गरेको छ । 

उक्त कोषले विगत वर्षहरुमा पनि आफ्ना संचित बचत (Surplus) रकमबाट आफ्ना बचतकर्ताहरुलाई लाभांश वितरण गर्दै सबै व्यक्तिगत संचयकर्ताहरुका लागि प्रत्येक वर्ष रु. १५ हजार सम्मको निःशुल्क औषधी पचार बीमा सुविधा पनि प्रदान गर्दै आईरहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *