एकै दिन दुई स्थानमा कंलकी नागढुगां सडक स्थानियले गरे अवरोध 

 

फागुन २९, काठमाण्डौं  । धुलो-धुँवाका कारण समस्यामा परेको भन्दै स्थानीयले गरेको कलंकी नागढुंगा सडक अवरोध गर्दे विरोध प्रर्दशन गरेका छन् । धुलोका कारण समस्यामा परेको तर सरकारी निकायबाट कुनै पहल नभएको भन्दै चन्द्रगिरि स्थित कंलकी नागढुंगा सडक खण्ड अर्न्तगत विधुत प्राधिकरण गेट नजिक र थानकोट आसपासका स्थानीयले दुबैतर्फका सवारी ठप्प पारेका हुन । 

लामो समय सम्म सडक निर्माण कार्य सम्पन्न नहुँदा धूलो, धुवाँ र हिलोको मारमा परेका स्थानीयले करिब दुई घण्टा सडक अवरोध गरि बन्द गर्नु परेको स्थानिय समाजसेवी उत्तम कार्कीले बताए । सडक बनाउने ठेकेदारको लापरवाही र सडकमा पानी समेत नहालेको भन्दै स्थानियहरुले सडकमा स्थानियहरु विचवाटोमै वसेर सडक अवरोध गरेपछि स्थानिय र सुरक्षाकर्मी बिच केहि बेर विवाद समेत भएको थियो । नागढुंगा कलंकी सडकमा अवरोध हुँदा त्रिभुवन राजपथ समेत सवारी आवागमनमा समस्या देखिएको हो । 

null

 

करिब ४५ मिनेटको अवरोध पछि अहिले दुबैतर्फको सवारी आवात-जावत सुरू भएको ट्राफिक प्रहरी चौकी कलंकीका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।स्थानियहरुले सडक वन्द गरेपछि वार्ता मार्फत समस्याको समाधान गर्न चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरी,महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रहरी निरिक्षक शकंर खड्का र शैलुङका प्रतिनिधि विच दिनमा दिनको तिन पटक पानी हाल्ने सहमती भएको छ । 

चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले चाडो भन्दा चाडो घरहरुले अवरोध नभएको स्थानमा छिटो पिच गर्नु पर्ने र धुलो उडेको स्थानमा पानी हाल्नलाई ठेकेदार पक्ष संग सहमती भएको जनाकारी दिए । निमार्ण कम्पनीका प्रतिनिधिका अनुसार कंलकी नागढुगा विस्तारले गति लिई रहेको र पिच गर्न कार्य तिर्व रुपमा गरिएको कारण धुलोको समस्या केहि महिनामा हल हुने बताए । गुणस्तरीय सडक निमार्ण गर्न धुलो उडाउनु पर्ने प्राविधिक समस्या विस्तारै सहज भएर जाने बताए । प्राविधिक जटिलता भएको स्थानमा पिच नगर्ने ठाउँमा पानी हाल्ने जानकारी दिए । 

यसअघि पनि स्थानीयहरुले बेला-बेलामा धुलो उडेको भन्दै प्रदर्शन गर्ने गरेका थिए । स्थानीयको प्रदर्शन पछि धुलो मार्न दैनिक पानी हाल्ने गरिए पनि समस्या समाधान हुन नसकेको भन्दै उनीहरुले मंगलबार सडक जाम गरेका हुन् । १२ मिटर चौडाइसहित ४ लेनको सडक निर्माण गर्ने भनिए पनि अहिले दुईतर्फी सवारीसाधन नै एउटै लेनबाट सञ्चालन गर्नुपर्ने अवस्था छ । 

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकअन्तर्गत करिब साढे १२ किलोमिटर सडक निर्माण कार्यमा हालसम्म १ अर्ब ६३ करोड ८८ लाख ९४ हजार खर्च भइसकेको छ । २०७१ सालबाट निर्माण सुरू गरिएको कलंकी–नागढुंगा सडक साढे दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य थियो । तर, ठेकेदारको लापरवाहीका कारण चार वर्ष बितिसक्दा पनि सडक निर्माण हुन सकेको छैन । कतिपय स्थानमा मुआब्जाका कारण पनि सडक विस्तार हुन सकिरहेको छैन । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *