विराटनगरमा यसपालिको होली ईन्दिरा जोशीसँग

 

फागुन २९, विराटनगर । चिर्चित गायिका ईन्दिरा जोशीले यसवर्षको होली विराटनगरमा खेल्ने भएकी छन् । गायन र प्रस्तुतिले नेपालकी साकिरा उपमा पाएकी गायिका जोशी आगामी चैत्र ६ गते होली कार्यक्रममा सहभागी हुन विराटनगर आउने पकका भएको छ । 

होली कार्यक्रममा उनका साथमा गायिका साहिमा श्रेष्ठ समेत विराटनगर आउने छिन् । विराटनगरमा रहेको मञ्जिना मुभिज क्रियसनको आयोजना तथा भाईरल डान्स स्टुडियोको संयोजनमा आयोजित होली हंगामा २०७५ सांगितीक कार्यक्रममा उनीहरु सहभागी हुँदैछन् । विराटनगर स्थित नमस्कार होटलमा आयोजना हुने कार्यक्रममा स्थानीय शुभम व्याण्डको पनि प्रस्तुति रहने क्रियसनका प्रबन्ध निर्देशक जतिन ताम्राकरले जानकारी दिए । 

null

कार्यक्रममा सहभागिताका लागि आयोजकले ५ सय रुपैँयाको प्रवेश शुल्क तोकेको छ भने टिकटको साथमा एक शेर्पा क्यान वियर उपलब्ध गराउने छ । मञ्जिना मुभिज क्रियसनले यसअघि मिस नेवा, फुड फेस्टा लगायतका कार्यक्रम सफल रुपमा सम्पन्न गरिसकेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *