लम्कीचुहा नगरपालिका द्धारा संचालित मनोसामाजिक परामर्श

फागुन २४, कैलाली । सेवा कार्यक्रम अन्तरगत लम्कीचुहा नगरपालिका १ भुरुवामा एचआईभी संक्रमित महिलाहरुलाई मनोपरामर्श कार्यक्रम बिहीबार लम्कीमा सम्पन्न भएको छ । 

मनोसामाजिक परामर्शकर्ता धनराज बिकले मनोसामाजिक समस्याले भोग्नु परेका असर र मनोसामाजिक असरलाई कम गरी पिरचिन्ता नगरेर खुसीले जिन्दगी बाँच्नमा मनोपरामर्श सेवा कार्यक्रमले सहयोग पुग्ने बताए ।  

घरपरिवार तथा समाजमा मानिसले भोग्नु परेका मनोसामाजिक समस्याको बारेमा जानकारी गराउँदा सहभागी एचआईभी संक्रमित महिलाहरु भावुक बनेका थिए । एचआईभी संक्रमित भएपछि मनोबल कमजोर बनेको थियो । काम गर्ने ईच्छा शक्ति नभएको र पिरचिन्ता गरेर जिन्दगी बिताउदै आएको बेला संचालन भएको कार्यक्रमले जीवनप्रति सकारात्मक बनाउने सरिता साउँदले बताईन । सुरुमा परिचय दिन लाज लागे पनि कार्यक्रममा आफूले भोगेका अनुभव सुनाउन पाउँदा मन खुसी भएको पार्वती थापाले बताईन । 

null

कार्यक्रममा सहभागी ईन्द्रा विकले मन निराश भईरहने, हाँस्नबोल्न मन नलाग्ने गरेको बताउँदै सबै दिदी बहिनी एकै ठाउँमा जम्मा भएर सुखःदुखका कुरा गर्न पाउँदा मन शान्त भएको बताउँदै मनोसामाजिक परामर्श सेवा कार्यक्रमले जीवन जीउनमा सहयोग पुग्ने बताइन् । लम्कीचुहा नगरपालिकामा एचआईभी संक्रमितको क्षेत्रमा काम गर्दै आएको गोरेटो नेपालका अध्यक्ष धनिराम जैशीले लम्कीचुहा नगरपालिकाले मनोसामाजिक परामर्श सेवा कार्यक्रम संचालन गरेकोमा खुसी लागेको बताए । 

एचआईभी संक्रमित भई जीवन देखि हार खाएकाहरुलाई आत्मबल बढाउन र जीवनमा केही गर्न हौसला प्रदान गर्ने बताए । रोग भन्दा पनि धेरै पिरचिन्ता र तनाबबाट समस्यामा रहेकोले कार्यक्रमले तनाब व्यवस्थापनमा सहयोग पुग्ने उनी बताउँछन् । पाँच महिना सम्म नियमित रुपमा फरक परक विषयमा समूहगत रुपमा समूह परामर्श र मनो सामाजिक समस्या भोगीरहेका हरुलाई व्यक्तिगत घरभेटघाट परामर्श सेवा प्रदान गरिने मनोसामाजिक परामर्शकर्ता धनराज बिकले बताए । 

कार्यक्रमका सहभागी सबैलाई व्यक्तिगत परामर्श जरुरी रहेको बिक बताउँछन् । सरिता साउँदको संयोजकत्वमा १२ जना एचआईभी संक्रमित महिलाको समूह गठन भएको छ । लम्कीचुहा नगरपालिमा मानसिक स्वास्थ्य र मनोसामाजिक समस्या दिनप्रति दिन बढ्दै गएकोले समस्या बढ्न नदिन र स्वस्थ मानसिक जीवन जीउनका लागि नगरपालिकाले कार्यक्रम संचालन गरेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *