लगानीकर्ताको आन्दोलन कार्यक्रमः अर्थमन्त्रीको बर्खास्तीको मागदेखि नेप्सेका अध्यक्षको घर घेराउ गर्नेसम्म

 

फागुन २८, काठमाडौँ । सेयर लगानीकर्ताहरुको एक समूहले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । 

पुँजीबजार सुधारका लागि यसअघि उठाएका मागहरु सरकारले बेवास्ता गरेको भन्दै दबाब दिनका लागि आन्दोलनको घोषणा गरेका हुन् । 

null

आन्दोलनका कार्यक्रम अन्तर्गत लगानीकर्ताको दबाव समूहले पहिलो दिन अर्थात् चैत ९ गते अर्थमन्त्रीलाई बर्खास्त गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्ने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर अर्थमन्त्री खतिवडालाई बर्खास्तीको मागसहित ज्ञापनपत्र बुझाउने भएको हो । 

१६ गतेसम्म चल्ने आन्दोलनको कार्यक्रमको दोस्रो दिन अर्थात् चैत १० गते धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्नेछन् भने ११ गते नेप्सेका अध्यक्ष र प्रमुख कार्यकारीको घर घेराउ गर्ने जानकारी दिइएको छ । 

यस्तै १२ गते सिंहदरबार क्षेत्रमा कालो बेलुन उडाउने, १३ गते नेपाल धितोपत्र बोर्डमा तालाबन्दी गर्ने, १४ गते लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुलाई नेपालको पुँजी बजारबारे अवगत गराउन विवरण पत्र बुझाउने, १५ गते लगानी सम्मेलनमा विदेशी पाहुनासँग छलफल गर्ने कार्यक्रम रहेको छ । 

लगानीकर्ताहरुले चैत १६ गते अर्थात् आन्दोलनको अन्तिम दिन प्रधानमन्त्री र अर्थमन्त्री जाने सार्वजनिक कार्यक्रममा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *