भरतमोहन अधिकारीको पार्थिव शरीरमा तीन छोरीले दिए दागबत्ती

 

फागुन १९, काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको अन्त्येष्ठि पशुपति आर्यघाटमा भइरहेको छ । नेकपाका नेता अधिकारीको पार्थिव शरीरलाई उनका तीन छोरीले दागबत्ती दिएका छन् । 

अधिकारीलाई छोरीहरू लुना, लिमा र लिजाले काँधी–काठ गर्दै दागबत्तीसमेत दिएका हुन् । 

null

यस अघि नेकपा पार्टी कार्यालयमा स्वर्गिय अधिकारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यहाँ पार्टी अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए । 

 

पार्टी कार्यालयमा अन्य नेता, कार्यकर्ताहरुले समेत अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । 

लामो समयदेखि मुटु तथा फोक्सोको रोगबाट ग्रसित पूर्वउपप्रधानमन्त्री अधिकारीको गएराती शनिबार धुम्बाराही स्थित ह्याम्स हस्पिटलमा निधन भएको थियो ।  

अधिकारी कम्युनिष्ठ सरकारका सबैभन्दा लोकप्रिय अर्थमन्त्री रहेका थिए ।  

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *