वीपी प्रतिष्ठानका उपकुलपति डा. रौनियार बर्खास्त (पत्र सहित)

फागुन ३०, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गरिएको छ । 

गत फागुन १६ र १७ गते बसेको प्रतिष्ठानको ४२ औं सिनेटले सर्वसम्मत रुपमा उपकुलपतिलाई बर्खास्त गर्ने निर्णय गरेकोमा प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सदर गरेका छन् । 

२६ गते प्रधानमन्त्री ओलीले उपकुलपति डा. राजकुमार रौनियारलाई पदमुक्त गरेको स्रोतको दावि छ । 

null

 

प्रतिष्ठानका सहकुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसका आधारमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गरेका हुन् । 

सिनेट बैठकको निर्णय कार्यान्वयनको लागि सहकुलपतिले प्रधानमन्त्री समक्ष सिफारिस गर्ने र सोही आधारमा निर्णय हुने प्रावधान रहेको छ ।प्रतिष्ठानमा करिब दुई वर्ष उपकुलपति भएका डा. रौनियारले पदीय आचरण अनुरुप काम नगरेको, विभिन्न खरिद तथा ठेक्कामा मोटो कमिसन खाएर भ्रष्टाचार गरेको लगायत आरोप छन् । 

मकालु खबरले यस विषयमा डेढवर्ष देखि नियमित रुपमा फलोअप गरिरहेको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *