आगलागीबाट २० लाखको क्षती

फागुन १८, खोटाङ ।  खोटाङको दिक्तेल स्थित रुपाकोट मझुवागढी नगरपालिका–११ मा आगलागी हुँदा करिब २० लाख मुल्य बराबरको क्षति भएको छ । 

स्थानीय जय प्रसाद तामाङको घरमा आगलागी हुँदा घर, अन्नपात, भाडावर्तन, लत्ताकपडा, काठपात जलेर नष्ट हुँदा करिब २० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *