डिएसपी अंगुर जिसी ९ लाख धरौटीमा रिहा

 

चैत १३, काठमाडौँ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा अनुसन्धानमा लापरवाही गरी प्रमाण नष्ट गरेको आरोपमा मुद्दा खेपिरहेका केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) का डिएसपी अंगुर जिसी ९ लाख धरौटीमा रिहा भएका छन् । 

डिएसपी जिसीलाई कञ्चनपुर जिल्ला अदालतले ९ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनको सोमबार र मंगलबार दुई दिन लगातार बयान चलेको थियो । 

null

डिएसपी जिसी र एसपी डिल्लीराज विष्टलाई अदालतले फरार सूचिमा राखेको थियो । अंगुर जिसी सोमबार मात्रै अदालत हाजिर भएका हुन् । एसपी विष्ट भने आइतबार नै १० लाख धरौटी बुझाएर रिहा भइसकेका छन् । 

जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले दिएको जानकारी अनुसार डिएसपी जिसीलाई यातना सम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दामा ४ लाख रुपैयाँ धरौटी माग गरिएको हो । 

विभिन्न आरोप लागेका अन्य ६ जना प्रहरी अदालतकाे आदेशमा धरौटी बुझाएर भइसकेका छन् ।  

गत पुसमा निर्मलाकी आमा दुर्गादेवी पन्त र प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले घटनामा लापरबाही गरेको र प्रमाण नष्ट गरेको दाबी गर्दै ८ जना प्रहरीविरुद्ध जाहेरी दिएका थिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *