शिक्षा मन्त्री पोखरेल अस्पताल भर्ना
२०७५ चैत ८ गते

काठमाडौं, ८ चैत । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना भएका हुन् ।
गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए ।
null
मन्त्री पोखरेलले सुगरको औषधि सेवन गर्दै आएका छन् । तर, पछिल्लो तीन चार दिनदेखि फुड प्वाइजनको समस्या देखिएको थियो । पाटन अस्पतालमा बिहीबार भर्ना भएका मन्त्री पोखरेललाई शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी थियो । तर, बिहीबार रातिदेखि थप समस्या देखिएपछि तत्काल डिस्चार्ज नगर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका छन् ।
२०७५ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित








