‘काठमाडौँका दश स्थानमा बम विस्फोट’ भनेर समाचार लेख्ने पत्रकार पक्राउ

 

चैत ८, काठमाडौँ । गलत समाचार सम्प्रेषण गरेको आरोपमा प्रहरीले कपिलवस्तुका एक सह–सम्पादकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले कपिलवस्तु वाणगंगा नगरपालिका–६ स्थित अनलाइन आवाज डटकमका सह–सम्पादक गौरव खनाललाई पक्राउ गरेको हो । 

null

काठमाडौँका १० स्थानमा बम विस्फोट भएको भन्ने समाचार केही दिनअघि उक्त अनलाइनले सम्प्रेषण गरेको थियो । जथाभावी समाचार लेखेर अफवाह फैलाएका आरोपमा खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

प्रहरीले उनलाई साइबर अपराध अन्तर्गत कारबाहीका लिग चैत ७ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *