विप्लव समूहको रातोघरमा प्रहरीको डोजर

 

चैत्र १५, काठमाडाैँ ।  प्रहरीले विप्लव समूहको बुटवल पाल्पारोडमा रहेको दईतले रातो घरमा डोजर चलाई भत्काएका छन् । उक्त रातो घर नेपाल कम्युनिष्ट पार्टीको  पार्टी कार्यालय रहेको खुल्न आएको छ । 

१३ बर्ष देखि विप्लव समूले उक्त रातो घरलाई आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आईरहेका थिए । केही दिन अगाडी राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी सहित नेपाल प्रहरीले त्यस घरलाई ताला लगाई लगाई पार्टीसँग सम्बन्धित सबै सामग्री कब्जा गरेका थिए । 

null

सुरुमा तत्कालीन नेकपा (माओवादी) को कार्यालय रहेको सो भवनलाई केही समय वैद्य नेतृत्वको माओवादीले समेतले प्रयाेगमा ल्याएका थिए । प्रहरीले सो रातोघर राष्ट्रिय वाणिज्य बैंकको भवन रहेको र विप्लवले आफ्नो कब्जा गरी उक्त रातोघरलाई पार्टी कार्यालयको रुपमा संचालन गर्दै आईरहेको आरोप लगाएका छन् । 

अहिले उक्त रातो घर भत्काउने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले बताएका छन् ।  उनका अनुसार उक्त रातोघर भत्काउन बिभिन्न स्थानबाट डोजर झिकाई सकिएको र शुक्रबार सम्म उक्त रातो घर भत्काइ सक्नेछन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *