आधुनिक शिक्षाको विकासका लागि काम गर्नुपर्नेमा खनालको जोड

 

फागुन १९, काठमाडौं । नयाँ संविधान निर्माण पछि अब देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा समेत नयाँ ढंगले परिवर्तन गर्नुपर्ने नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताएका छन् । 

डल्लु छाउनी स्थित रेन्वो इन्टरनेशनल बोर्डिङ माध्यामिक विद्यालयको रजत महोत्सवको अवसरमा बोल्दै बरिष्ठ नेता खनालले उक्त कुरा बताएका छन् । हिजो विद्यालय प्राङगणमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले १०/१० वर्ष लगाएर मुलुकमा गणतन्त्र र नयाँ संविधान ल्याउन आफुहरु सफल भएको भन्दै अब आर्थिक, सास्कृतिक, सामाजिक र शैक्षिक विकासका लागी सबैले आ–आफ्ना क्षेत्रबाट लाग्नुपर्ने बताए । 

null

 

कार्यक्रममा संवोधन गर्दै नेता खनालले भने–‘हाम्रो देशको शैक्षिक क्षेत्रलाई पनि गुणस्तरयुक्त बनाउन जरुरी छ । त्यसका लागि भर्खरै उच्चस्तरीय शिक्षा आयोग गठन गरेर त्यसले प्रतिवेदन दिएको अवस्था छ, अब त्यसमा छलफल गरेर कसरी मुलुकको शिक्षालाई आधुनिक शिक्षाका रुपमा रुपान्तरण गर्न सकिन्छ, त्यसका लागी लागि परेका छौं ।’ उनले भने । 

कार्यक्रममा वोल्दै पूर्व मन्त्री नविन्द्र राज जोशीले रेन्बो स्कुलले २५ वर्ष देखि शिक्षामा ठूलो योगदान दिएको चर्चा गर्दै अभिभावक र विद्यालय विचको समन्वय भएमा समग्र शिक्षाको गुणस्तर वृद्धि हुने बताए । नेपाल खुला विश्व विद्यालयका उपकुल पति प्रा.डा. लेखनाथ शर्माले अब विद्यालय शिक्षा देखि नै आइटी लाई प्रयोगमा ल्याउन पहल गर्नु पर्ने बताए । विद्यालयका पूर्व प्राचार्य तथा प्रबन्धनिर्देक डा. विष्णु खनालले रेन्बोको २५ वर्षको सफलतामा अभिभावक, शिक्षक र विद्यार्थी बीचको सहकार्यको परिणाम भएको चर्चा गदै राज्यले शिक्षा नीतिमा परिमार्जन गरि युवा शक्ति विदेश पलायन हुन बाट रोकी देशमा नै रोजगारी र सेवामा समर्पित हुने अवस्था सिर्जना गर्नु पर्ने धारणा राखे । 

 

विद्यालयका प्राचार्य विनोदबाबु ढकालले विद्यालयको प्रतिवेदन पेश गरेका थिए । विद्यालयका विद्यार्थीहरुको विभिन्न कला प्रस्तुती गरिएको थियो । शैक्षिक एवम् अतिरिक्त क्रियाकलपमा उत्कृष्ट हुने छात्रछात्राहरुलाई पुरस्कार तथा पदक प्रदान गरिएको थियो भने २०७४ का एसइइ परीक्षामा उत्कृष्ठ अंक ल्याउने नेपाल प्रथम छात्रा सिरपा महजर्नलाई सम्मान पत्र र नगद सहित पुरस्कृत गरिएको थियो । उक्त अवसरमा रेन्बो रजत स्मारीकाको विमोचन समेत गरिएको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *