राष्ट्रिय विद्यार्थी संघद्धारा होलीको शुभकामना आदान प्रदान

 

चैत ५, विराटनगर । राष्ट्रिय जनता पार्टी (राजपा) निकट विद्यार्थी संगठन राष्ट्रिय विद्यार्थी संघले विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा होली पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । 

निजिकिँदै गएको होली पर्वका अवसरमा सो क्याम्पसमा राष्ट्रिय विद्यार्थी संघ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाई कमिटीले विद्यार्थीहरु बिच शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनता पार्टी (राजपा) मोरङका अध्यक्ष मो. कादीरले एक आपसमा भाइचारा अभिबृद्धि गर्दै युवाहरु एकजुट भएर देश निर्माणमा लागि पर्न आग्रह गरे । उनले पर्वका नाममा अनेकौँ विक्रितिहरु मैलाउँदै गएकाले होली पर्वलाई व्यवस्ति र मर्यादीत बनाउनु पर्नेमा जोड दिए । 

null

उनले नेपाल बहुधार्मीक, बहुसांस्कृतिक र रिति रिवाजले भरिपूर्ण रहेको बताउँदै होली पर्वको विषेश महत्व रहेको बताए । उनले होलीका नाममा भित्रँदै गरेको विकृतिलाई युवा विद्यार्थीहरुले सदाका लागि अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघका वरिष्ठ नेता मृत्यून्जय मिश्र, मोरङका अध्यक्ष विपुल झा, नगर अध्यक्ष मनिष सरदार इकाई अध्यक्ष मोहम्मद अन्वर, कार्यबाहक अध्यक्ष निरज ठाकुरलगायतले होलीलाई मर्यादित बनाउँदै पर्व हर्सोउल्लासका साथ मनाउन शुभकामना व्यक्त गरे । 

कार्यक्रममा सो क्याम्पसको विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै रंग लगाएर होली पर्व मनाएको राष्ट्रिय विद्यार्थी संघ मोरङका अध्यक्ष विपुल झाले जानकारी दिए । कार्यक्रमको अध्यक्षता इकाई अध्यक्ष मोहम्मद अन्वरले गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *