वीपीका अस्पताल निर्देशकलाई हुन सक्छ कारवाही

फागुन १८, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशकलाई पनि कारवाही हुने भएको छ । प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारका गलत निर्णयमा साथ दिँदै पदीय दुरुपयोग गरेको देखिएकोले अस्पताल निर्देशक डा. गौरिशंकर शाहलाई समेत कारवाही गर्न भनिएको हो ।  

प्रतिष्ठानको हिजो प्रधानमन्त्री कार्यालय बालुवाटारमा सम्पन्न ४२ औं सिनेटमा प्रस्तुत केहि विषयमा अस्पताल निर्देशकको समेत संलग्नता देखिएकोले उनलाई समेत छानविनको दायरामा ल्याउने निर्णय भएको हो । 

‘डा. रौनियारले नै डा. शाहलाई अस्पताल निर्देशकमा नियुक्तिका लागि सिफारिस गरेका थिए, उनले रजिष्ट्रार र शिक्षाध्यक्षको समेत अधिकार खोसेर काम गरेको देखिएको छ, सिनेटले छानविन गर्ने निर्णय गरेको छ ।’ एक सिनेटरले मकालु खबरसँग भने ।  

null

डा. शाहका सन्दर्भमा कसरी अनुसन्धान गर्ने तय नभएपनि पदीय दुरुपयोग गरेको पुष्टि भएमा बर्खास्त सम्म गर्न सक्नेछ । डा. शाह रौनियारलाई लाखौं नजराना बुझाएर अस्पताल निर्देशक भएको चर्चा छ ।  

 

डा. शाहले अस्पतालमा खरिद हुने उपकरण, औषधी लगायतमा सप्लायर्ससँग मोटो रकम कमिसन लिने प्रतिष्ठानमा चर्चा छ । उनले केहि समय अघि प्रतिष्ठानका कम्प्युटर शाखामा कार्यरत एक कर्मचारीलाई आफ्नै कार्यकक्षमा बोलाएर गालीगलौज गर्दै हातपात गरेको आरोप समेत छ ।  

‘प्रतिष्ठानलाई डेढ वर्षदेखि बन्धक बनाएर अस्तब्यस्त बनाउन उहाँको समेत हात रहेको देखिएको छ । प्रतिष्ठानमा भएका अनियमितता छानविनका लागि गठित दुई वटा समितिले दिएको प्रतिवेदनमा समेत यो कुरा उल्लेख भएकोले उहाँलाई कारवाही गर्न सक्ने ठाउँ छ ।’ प्रतिष्ठानको सिनेटबाट बाहिरिँदै गर्दा एक सिनेटरले बताए ।  

उनले उपकुलपतिलाई जस्तो बर्खास्तै गर्न पर्ने अवस्था भने नदेखिएको भन्दै उनका अधिकार कटौती गर्न सक्ने जनाए । अस्पताल निर्देशकलाई छानविन समिति गठन गरेर कारवाही गर्ने अथवा कासबाट गर्ने निर्णय भने भएको छैन ।  

शुक्रबार बसेको वीपी प्रतिष्ठानको ४२ औं सिनेटले उपकुलपति डा. राजकुमार रौनियारलाई बर्खास्त गर्न प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपतिलाई सिफारिस गरिसकेको छ । सिनेटमा के के निर्णय भयो भन्ने जानकारी लिनका लागि अस्पताल निर्देशक डा. शाहसँग उनको मोवाइलमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।  

हिजोको सिनेटले निमित्त उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनाललाई दिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *