धरानमा सटिङ सुटिङ खुल्दै एकै छानामुनि सबैथोक पाइने

 

चैत ५, धरान ।  पूर्वी नेपालका बिभिन्न ठुला सहरहरुमा मात्रै सिमित रहेको सटिङ सुटिङ सेन्टर धरानमा पनि सञ्चालनमा आउन लागेको छ । उक्त सेन्टरकाे आगामी शनिबार उदघाटन हुँदैछ । 

पूर्वाञ्चलकै फेसेनेवल शहरको रुपमा मानिने धरानको स्मार्ट सटिङ सुटिङ एण्ड टेलरिङमा लामो समय सम्म कार्य गरिसकेका फिरोज अलीले धरान २ रत्नरोड गणपति मिनी मार्कैटमा स्मार्ट सटिङ सुटिङ एण्ड टेलरिङका लागी नेपाल युनिर्फम हाउस तथा नेपाल ब्याग शु-सेन्टरको सेवा सुरु गर्न लागेका हुन्  । मंगलबार सोही बजार परिसरमा गरेको पत्रकार सम्मेलनमा अलीले ग्राहकले एक ठाउँमा कपडा खरिद गरी सिलाईको लागि चार तिर भौतारिनु पर्ने समस्या लाई दृष्टीगत गरी ग्राहकको सुविधालाई ध्यान दिएर आफुले पछिल्लो समयमा देशमै चर्चा कमाएको सहर धरानमा यो सेवा सुरु गरेको बताए । 

null

नोबेलको नेपली ब्राण्ड बिरगंज जीतपुरको यो सटिङ सुटिङ टेलरिङको आधिकारीक बिक्रेता धरानमा पहिलो समेत हो अलीले भने । यहाँ पुरुषहरुले लगाउने सम्पूर्ण कपडा, दौरा सुरुवाल, कोट, पाइन्ट, सफारी सुट लगायतका सबै प्रकारका कपडाहरु विद्यालय पोषाक, टोपी, जुत्ता ब्याग र ग्राहकको रोजाई अनुसारका सिलाइ समेत एकै ठाउँमा उपलब्ध हुने बताए । 

 

साथै, सुनसरीको चर्चित टप टेलर्समा विश्वस्त हुने ग्राहकहरुलाई यो सेवा धरानमै उपलब्ध समेत हुनेछ । जहाँ १२ देखी १४ प्रकारका भेराईटीज उपलब्ध हुनेछ भने सर्वसुलभ दरमा नै सटिङ सुटिङका कपडाहरु तयार गरि प्रदान गरिने अलिको भनाई छ । 

सञ्चालक फिरोज अली र मो. सागीर दुई युवा व्यवसयीहरुको ७५ लाखको लागतमा सुरुवात हुन लागेको सो सटिङ सुटिङको आउँदो शनिबार नोबेल ब्राण्डका सिईयो तेलु राम शर्माको प्रमुख आतिथ्यतामा उदघाटन हुने नेपाल युनिर्फम हाउस तथा नेपाल ब्याग शु-सेन्टरका सञ्चालक अलीले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *