प्रदेश १ प्रहरी केन्द्रबाट १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित

 

फागुन १८, विराटनगर । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, रानीमा प्रहरी जवान आधारभुत तालिम १३६ औं समूहको शुक्रबार दिक्षान्त समारोह सम्पन्न भएको छ । 

१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालिम १३६ औं समूहको दिक्षान्त समारोह सम्पन्न भएको हो । २०७५ जेष्ठ २६ गते देखि फाल्गुन १६ गते सम्म सञ्चालन भएको प्रहरी जवान आधारभूत तालिममा १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित भएका हुन् । 

null

दिक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थी प्रहरीले कवाज प्रदर्शन गरेका थिए । कार्यक्रममा तालिम अवधि भर लिईएको चरणगत परीक्षाको प्राप्ताङका आधारमा विभिन्न १० विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत प्रशिक्षणमा संलग्न उत्कृष्ठ ३ जना प्रशिक्षकहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरे । 

कार्यक्रममा रिजालले करिव १० महिना अवधीमा तालिम केन्द्रमा सिकेका ज्ञान सिपहरु प्रहरी जीवनको आधारभूत र अमूल्य निधी भएकाले सिकेका व्यवसायिक ज्ञानहरुलाई जिवनको हरेक मोडमा मार्गदर्शनको रुपमा स्मरण गर्न अनुरोध गरे । उनले कार्य क्षेत्रमा खटिंदा व्यवसायिक जिम्मेवारी, उत्तरदायित्व र जवाफदेहिता बहन गर्दै असल प्रहरी बनेर जनताको मन जित्ने कार्यहरु गर्न निर्देशन समेत दिए । 

दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले सपथ ग्रहण गराएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *