माईक्रोबसको ठक्करबाट बालकको ज्यान गयो

 

चैत १०, विराटनगर । मोरङको सुन्दरहैचा नगरपालिका –८ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान माईक्रो बसको ठक्करबाट एक बालकको घटनास्थलमै ज्यान गएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस माईक्रोबस आफैँ अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किदा पैदलयात्री सुनसरी, धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्रान्तीलाई ठक्कर दिएको थियो । 

null

माईक्रो बसको ठक्करबाट मक्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए । दुर्घटनामा माईक्रो बसका सहचालक मोरङ, उर्लाबारी नगरपालिका बस्ने २२ वर्षीय सचिन परियार गम्भिर घाईते भएकाले उनको विराट नर्सिङ होम, विराटनगरमा उपचार भईरहेको छ । 

चालक पथरीशनिश्चरे नगरपालिका – ९ बस्ने २९ वर्षीय रमेश बस्नेत सामान्य घाईते भएकाले उनको बेलवारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । माईक्रो बसमा चालक र सह–चालक मात्र रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *