पत्रकार बिक गिरफ्तार, जनपत्रकार संगठनद्वारा खेद प्रकट

चैत ७, काठमाडौँ । विप्लव नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन कालिकोटका जिल्ला संयोजक कर्ण बिकलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सदरमुकाममा आफू कार्यरत रेडियो कार्यालयबाट गिरफ्तार भएका हुन् । 

उनको गिरफ्तार विषयलाइ लिएर जनपत्रकार संगठन केन्द्रिय समितिले प्रेस विज्ञप्ति मार्फत् ध्यानाकर्षण गराएको छ । वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति निरन्तर सहिष्णुता तथा अनुद्धार बन्दै गएको बताउदै बिकको गिरफ्तारीप्रति संगठनले खेद प्रकट गरेको छ । 

पत्रकार बिकको रिहाइको माग गर्दै निर्वाध रुपमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न संगठनले सरकारलाई माग गरेको छ । 

null

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *