नारी स्वतन्त्र मञ्च नेपालद्धारा महिलालाई आत्मनिर्भर बनाउन तालिम प्रदान 

 

फागुन २३, धरान । आत्म सम्मानको आधार सिप र स्वरोजगार भन्ने मुल नाराका साथ सुनसरीको धरानमा महिलाहरुका लागि अटो टेम्पो सवारी चालक तालिम प्रदान गर्दै आज बिहिबार सो तालिम सम्पन्न भएको छ । 

नारी स्वतन्त्र मञ्च नेपालले धरान उपमहानगरपालिका धरान १५ वडाको समन्वयमा फागुन ५ गते देखि सुरु गरेको तालिम आज सम्पन्न गरेको हो। समापन कार्यक्रममा बोल्दै धरान वडा नं १५ का अध्यक्ष नरेश ईवारामले तालिममा सहभागी महिला मध्ये अटो तालिमले आत्मनिर्भर बनाउने बताए । ईवारामले महिलाहरु पनि बिभिन्न आयमुलक कार्यको थालनि गरी स्वरोज गार बन्ने खन्न सुरु गरेको प्रति खुशी व्यक्त गरे । 

null

 

उनले महिलाहरुको यस्तो कार्य देखेर आफुले सक्दो सहयोग गर्नै प्रतिबद्धता समेत व्यक्त गरे । सुनसरीको धरानमा नै महिलाहरुका लागी अटो चालक तालिम पहिलो तालिम भएको पनि नारी स्वतन्त्र मञ्च धरानकी अध्यक्ष बीना कुमारी राईले जानकारी दिए । उनले अब महिलाले चुलो चौकामा मात्र सिमित हुनु पर्ने बाध्यतालाई यस्तो तालिमले आर्थिक उपार्जनमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । 

सोही कार्यक्रममा चुम्लुङ ड्राईभिङ सेन्टरका प्रमुख तथा प्रशिक्षक बिकास राईले सिपलाई व्यवसायिकता दिन पनि सवै महिला दिदिबहिनीहरुलाई आग्रह गरे । उनले महिला आफैमा आर्थिक रुपमा आात्मनिर्भर हुन सके मात्र महिला माथि हुने घरेलु हिंसा कम हुने बताए । कार्यक्रममा सिप तथा व्यवसायिक अन्तर्गतको गरिएको सो तालिममा ७ जना महिलाहरुको सहभागिता रहेको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *