डाँका

 

‘कता तिर हो डाँकाहरु …’ जिम्दार बाजे गाउँका आफुभन्दा निमुखाहरुलाई ‘डाँका’ भन्दै जिस्क्याउने र होच्याउने गर्थे । उनको यो आदत ‘थेगो’ जस्तै बनेको थियो । ‘म भन्दा धनी,गतिलो यो गाउँमा कोही छैनन् र मैले सबैलाई कज्याउनै पर्छ’ भन्ने स्वभाव थियो उनको । 

उनको यस्तो चालाले गाउँले मात्र हैन आफ्नै घर–बुढी पनि आजित भै’सकेकी थिइन् । कति गर्दा पनि उनले आफ्नो श्रीमानको यो घटिया बानी छुटाउन सकेकी थिइनन् । केही भन्यो कि काँचै खाउँला झैं गर्थे जिम्दार । उनले आफ्नो एकमात्र छोरालाई शहरको महङ्गो विद्यालयमा भर्ना गराएका थिए । कहिलेकाहीं घर आएको बेलामा छोरो पनि गाउँका साथीहरूसँग ‘धनी बाबुको छोरा हुँ । शहरमा पढ्छु, तिमीहरूले केही गर्न सक्छौ मलाई …’ भन्दै घमण्ड देखाउँथ्यो ।  

null

एक दिन बेलुकीपख जिम्दार बाजे र उनकी बुढी खाना खाइसकेर आराम गर्ने सुरसार गर्दैगर्दा तीन,चार जना मखुण्डो र पठान ड्रेस लगाएका डरलाग्दा मान्छे उनको घरभित्र पसे । ‘खबर्दार ! चुपचाप हुने । कोही नबोल्ने !’–एउटाले कडा निर्देशन दियो । जिम्दार बाजे र बुढिलाई उनीहरूले घरको मुलखाँबामा बाँधे । ‘सबै रुपैयाँ, सम्पत्ति र सुनचाँदी देखाउ ।’–अर्को पठानले बुढालाई पैस्तोल देखाउँदै भन्यो । ‘उ त्यो बाकसमा छ बाबू । चाबी यहाँ छ ।’–जिम्दार बाजे काम्दै बोले । ‘अरु देखाउ कहाँ छ नत्र…!’–अर्कोले बुढालाई धम्क्यायो । ‘मलाई खोलिदेउ बाबू ! माथि गएर सबै देखाउँछु ।’–बजे लक्पकिदै बोले । 

‘तलमाथि गर्नेचैं हैन नि फेरि ! नत्र यसैले….!’–एकजनाले बुढाको टाउकोमा पेस्तोल जस्तो बस्तु तेर्स्याउँदै बुढालाई खोलिदियो । केही डाँकाहरु बाहिरै बसे । दुईजनाले बुढालाई माथिल्लो तलातिर लिएर गए । एउटाले बुढाले देखाउनु घगावै कुनामा राखिएको बाकसतिर संकेत गर्यो । अर्कोले बाकस फुटाएर बाकस भित्र भएको सम्पूर्ण कुरा पोको पार्यो । उनीहरूले सबै सम्पत्ति कुम्ल्याएर भर्याङ्गबाट ओर्लिए । यत्तिकैमा बुढाले छेवैमा रहेको कोदालीको पासो पक्रिएर एक्कासी एउटाको ढाडमा बजाए । ऐया ! मरें बाबा…!’ ऊ त्यहीँ पछारियो । अरु डाकाहरु लुटेका सामान र झोला छाडेर भागाभाग भए ।  

बाजेले पछारिएको डाँकाको मखुण्डो र पठान ड्रेस उतारेर हेरे ‘मेरो बाबू….’–उनी एकाएक चिच्याए । उनको कुटाइबाट घाइते डाँकाको अनुहार आफ्नो छोराको अनुहारसँग मेलखान गएकोले बुढा बेहोस भएर भुइँमा ढले । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *