साफ महिला च्याम्पियनसिप फुटबलः नेपाल र श्रीलंका भिड्दै

चैत्र ६, विराटनगर । विराटनगरमा जारी पाँचौं साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । आज बंगलादेशलाई पराजित गर्दै फाइनल प्रवेश गर्ने नेपालको योजना छ । 

विराटनगरको शहिद रंगशालामा हुने आजको खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । बंगलादेशविरुद्ध सुरुवाती एघारमा खेलेका खेलाडी नै आज मैदानमा उत्रिने छन् । 

 

null

गोलकिपरः एञ्जिला सुब्बा 

डिफेन्डरः हिरा भुजेल, पुनम जर्घामगर, गीता राना, मनमाया लिम्बु 

मिडफिल्डरः अनिता बस्नेत, दीपा राई, मञ्जली कुमारी योञ्जन, रेनुका नगरकोटी 

फरवार्डः निरु थापा (कप्तान), सावित्रा भण्डारी 

आज स्पष्ट जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ । श्रीलंकाभन्दा बलियो टिमको रुपमा परिचित नेपाल उपाधिको दाबेदार पनि हो ।नेपाल समूह ‘ए’ को विजेता बन्दा कुनै पनि गोल खाएको छैन । उदघाटन खेलमा भुटानमाथि ३–० को जीत निकालेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई ३–० गोलले नै पराजित गर्दै समूह विजेता बनेको थियो । 

श्रीलंकाले भने आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेपनि समूह चरणको अन्तिम खेलमा भारतसँग ५–० गोलअन्तरले पराजित भएको थियो । श्रीलंकाले नेपालविरुद्ध रक्षात्मक खेल खेल्ने छ । विशेषगरी नेपालका सावित्रा भण्डारी र निरु थापा श्रीलंकाका लागि टाउको दुखाइको विषय बन्न सक्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *