कोरियन भाषा परीक्षाः एकै दिनमा ५५ हजार आवेदन

चैत्र ८, काठमाडौं । कोरियन भाषा परीक्षाका लागि एकै दिन ५५ हजार भन्दा बढि आवेदन परेको छ । इपीएस कोरिया शाखाले आवेदन खुल्ला गरेको पहिलो दिन शुक्रबार ५५ हजार ४ जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ । 

 

भाषा परीक्षाका लागि सबैभन्दा बढि गत वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए । तर, यो वर्ष त्यो भन्दा बढिले आवेदन दिने अनुमान गरिएको छ । भाषा परीक्षाका लागि चैत १७ गतेसम्म आवेदन दिने म्याद रहेको छ । आगामी वर्षका नेपालीका लागि कोरियाले १० हजार ५० जनाको कोटा निर्धारण गरेर पठाएको छ । जसमा कृषि तथा पशुपालनतर्फ ३ हजार र ७ हजार ५० जना उत्पादनमुलक क्षेत्रका लागि तोकिएको छ । 

null

परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट www.eoers.epsnepal.gov.np बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा नै परीक्षार्थीले आफुले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । 

परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो । सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा इ–सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ । 

कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौं र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १० गते प्रकाशन गरिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *