च्याम्पियन्स लिगमा नमीठो हार, घरेलु लिगमा तहल्का मचाउँदै पिएसजी

एजेन्सी । च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले घरेलु फ्रेन्च लिगमा भने आफ्नो शानदार प्रदर्शनलाई कायम राखेको छ । घरेलु मैदानमा इङ्लिश क्लब म्यानचेस्टर युनाइटेडसँग ३-१ ले पराजित पिएसजीले मंगलबार सम्पन्न भएको खेलमा डिजोनलाई ४-० को फराकिलो अन्तरले पराजित गरेको हो । 

 

अवे मैदानमा ४-० को नतिजा निकाल्ने क्रममा पिएसजीका लागि मार्क्वीन्होस, केलियन एमबाप्पे, एन्जल डी मारिया र चुपो मोटिङ्गले एक एक गोल गरेका थिए । पहिलो हाफमा पिएसजीले दुई गोल गरेको थियो भने बाँकी दुई गोल उसले दोश्रो हाफमा गर्‍यो । पिएसजीका लागि पहिलो गोल खेलको सातौं मिनेटमा मार्कीन्होसले गरेका हुन् । 

null

त्यसपछि दोश्रो गोल ४० औं मिनेटमा एमबाप्पेले गरेका थिए । यसैगरी खेलको दोश्रो हाफमा पिएसजीका लागि ५० औं मिनेटमा एन्लज डि मारियाले गोल गरे भने अतिरक्त समयको दोश्रो मिनेटमा चुपो मोटिङ्गले चौथो गोल गरेका थिए । 

 

जितसँगै लिगको शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ७४ अंक बटुलेको छ । चोटका कारण पछिल्लो समय पिएसजी आफ्ना दुई स्टार खेलाडीहरू नेइमार तथा कबानी बिना खेल्दै आएको छ । चोटका कारण दुबै जना हाल आराम गरिरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *