मन्त्री पण्डितद्धारा अमडुवामा विद्यालय भवन र सडक शिलन्यास

 

फागुन २१, विराटनगर । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सुनसरीको बर्जु गाउँपालिका–३ अमडुवामा विद्यालय भवन र कालोपत्रे सडकको शिलन्यास गरेका छन् । 

नेपाल सरकारको तराई मधेश सम्मृद्धि कार्यक्रम अन्तर्गत सो गाउँपालिकाको वडा नम्वर ३ स्थित ६० लाख रुपैयाँको लागतमा नेपाल राष्ट्रिय शिव माध्यामिक विद्यालयको दुइतले पक्की भवन र करिब २ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण हुने सोही वडाको २२ सय मिटर कालो पत्रे सडकको शिलन्यास गरेका हुन् । 

null

सो अवसरमा बोल्दै मन्त्री पण्डितले सरकारले तराई मधेशका आदिवासी, जनजाती, मधेशी र सिमान्तकृत समुदायको चौतर्फि विकासका लागि तराई मधेश समृद्धि कार्यक्रम लागु गरेको बताए । सो कार्यक्रम आफ्नो मन्त्रालय मार्फत सञ्चालन भइरहेको जानकारी दिँदै उनले भूमीहिन र विपन्न बर्गका समुदायको जीवनस्तर उकास्न र तराई मधेशको समृद्धिका लागि सरकार लागि परेको बताए । 

 

भ्रष्टाचार विरोधी मन्त्रीका रुपमासमेत पहिचान बनाएका मन्त्री पण्डितले तराई मधेश समृद्धि कार्यक्रम मार्फत पहिलो पल्ट विद्यालय र सडकका लागि मन्त्रालय मार्फत बजेट उपलब्ध गराएको बताउँदै सो काम इमान्दारीताका साथ सम्पन्न गरे आगामी बर्ष थप बजेट उपलब्ध गराउने प्रतिवद्धता जनाए । उनले भने ‘पहिलो पल्ट तराई मधेश कार्यक्रम मार्फत यो गाउँपालिकालाई मात्र करिब ३ करोड बजेट उपलब्ध गराएको छु । 

इमान्दारिताका साथ काम गरे भने अर्को बर्ष थप बजेट उपलब्ध गराउने छु तर तलमाथि भए फेरी फेरी आश नगर्नु होला ।’ मन्त्री पण्डितले तराई मधेश सम्मृद्धि कार्यक्रम देशका २२ जिल्लामा सञ्चालन भइरहेको जानकारी दिँदै सो कार्यक्रम मार्फत सडक, विद्यालय, स्वास्थ्यचौकी, पुल कल्भर्ट, समुम्बासी सामुहिक आवास, विभिन्न जातजातीको संस्कृति संरक्षणका लागि सामुदायीक भवनलगायतका संरचनाहरु निर्माण हुने बताए । 

उनले सो कार्यक्रम मार्फत सुनसरी जिल्लाका लागि मात्र १३ करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन भएको जानकारी दिए । उनले भने ‘जहिल्यै तराई मधेशका जनताको गुनासो सरकारले हामीलाई हेरेन भन्ने थियो तर, सरकारले पहिलो तटक तराई मधेशका जनताको समस्यालाई सम्बोधन गर्ने प्रयास गरेको छ । सुनसरी जिल्लामा मात्र १३ करोड भन्दा बढी बजेट बिनियोजन भएको छ । 

 

यसबाट प्रयाप्त थुप्रै संरचनाहरु बन्नेछन् ।’ उनले तराई मधेशमा सिमा पारिको छिमेकी भन्दा बढी वारी नेपालमा विकासको आफ्नो चाहना रहेको बताउँदै त्यसका लागि आफु निरन्तर लागि परेको बताए । मन्त्रि परिषदमा सो क्षेत्रलाई आधोगीक क्षेत्रका रुपम विकास गर्ने योजना चलिरहेकाले उक्त योजना सफल पार्न आफु लागि परेको बताए । 

नेकपाका नेतासमेत रहेका मन्त्री पण्डितले सवैले आ–आफ्नो जिम्मेवारी बुझेर काम गर्ने हो भने समृद्धी आउन समय नलाग्ने बताउँदै सबैले जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिए । एक अर्को प्रसंगमा मन्त्री पण्डितले रात दिन काम चलिरहेको जानकारी दिँदै आगामी असार सम्ममा सवै तहमा कर्मचारी व्यवस्थापन भइसक्ने दावी गरे । 

उनले सरकारले लोकसेवा आयोगका माध्यमबाट छोटो तरिकाले २० हजार कर्मचारी नियूक्ति गर्ने तयारि गरिरहेको बताउँदै असार मसान्त सम्ममा सवै तहमा कर्मचारी व्यवस्थापन भइसक्ने बताए । उनले भने ‘छोटो प्रकृयाबाट २० हजार कर्मचारीको विज्ञापन गरेर कर्मचारी नियुक्त गर्ने प्रकृयामा हामी छौँ । ढुक्क हुनुस् असार सम्ममा कर्मचारी व्यवस्थापन भइसक्छ ।’ 

कार्यक्रममा पूर्व राज्य मन्त्री, नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य तथा सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती चौधरीले निर्वाचनमा हारजित भएपनी आफ्नो पार्टीको सरकार रहेकाले आफु सो क्षेत्रको विकासका लागि सदैव लागि परिरहेको बताइन् । उनले सो क्षेत्रलाई औधोगिक क्षेत्रका रुपमा विकास गरि बेरोजगारी समस्या समाधान गर्न आफुले पहल गरिरहेको बताउँदै सो क्षेत्रको आवश्यकताका विषयहरु पूर्ती गर्न आफु निरन्तर लागि पर्ने बताइन् । 

उनले भनिन् ‘गणितिय हिसाबले निर्वाचनमा हार जित हुन्छ । तर म निर्वाचनमा पराजीत भए भन्दैमा यहाँको विकासबाट पछाडी हट्दिन । सँधै तपाइहरुको साथमै रहेर म यहाँको विकासमा निरन्तर लागि रहने प्रतिवद्धता म तपाइँहरु समक्ष गर्न चाहन्छु ।’ सो अबसरमा नेपाल कम्यूनिष्ट पार्टी प्रदेश नं. १ का सदस्य सत्यनारायण चौधरीले सरकारमा आफ्नो पार्टी रहेकाले तराइ मधेशको समृद्धि र विकास अब कसैले रोक्न नसक्ने बताए । 

उनले हाल सम्म कुनै सरकारले नगरेको र पहिलो पटक मुलुकम तराईका जनताका लागि पनि सरकार रहेको महसुस गराउन देशका २२ जिल्ला तराई मधेश समृद्धि कार्यक्रम लागु गरेर कार्यान्वनमा ल्याएको बताए । उनले सुनसरी र मोरङलाई एकिकृत गरि बहुसांस्कृतिक संग्राहलय बनाउने योजना आफ्नो पार्टीको रहेकाले सो कामको प्रकृया समेत अघि बढाउने दावी गरे । कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले राजनितिक आस्थाकै आधारमा पहिलो पटक सरकारले विकासमा विभेद नगरेको आभाष भएको बताए । 

बर्जु–३ का वडाध्यक्ष प्रदिपकुमार चौधरीले तराई मधेश समृद्धि कार्यक्रम मार्फत वर्षेनी सो गाउँपालिकाका लागि बजेट विनियोजन गर्न सरकारलाई आग्रह गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *