आजदेखि बुधबारसम्म पानी पर्ने, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौ, ११ चैत्रं । आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विमागले पूर्वानुमान गरेको छ । 

आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । 

 

null

यस्तै पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्ने संभावना रहेको छ । 

आज राती पनि देशको पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने र पश्चिमी भेगका केहि स्थान तथा अन्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ । 

भोलि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भूभागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ । 

पर्सी बुधबार देशको पूर्वी भेगका थोरै स्थानहरुमा र अन्य पहाडी भेगका केही स्थानमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । पूर्वी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पश्चिमी उच्च पहाडी र हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *