आफैंले बोकेको राइफलबाट सैनिक जोशीको मृत्यु

फागुन १९, काठमाडौँ । धनकुटाको बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीको आफैंले बोकेको एम १६ राइफलको गोलीबाट मृत्यु भएको छ । 

राइफलको गोली लागेर उनी गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा गए राती नै जिल्ला अस्पताल, धनकुटामा मृत्यु भएको नेपाली सेनाको जङ्गी अड्डाका प्रवक्ता एवं सहायक रथी यामप्रसाद ढकाले बताए । गणको डियूटीमा रहेका जोशीले आफैंलाई किन गोली हाने भन्ने विषयमा अनुसन्धान भइरहेको ढकाल बताउँछन् । 

घटना हेर्दा बन्दुक भुलवश आफैँ पड्किएको हुन सक्ने प्रहरी अधिकारीहरु बताउँछन् । यद्यपि घटना के कारणले भएको हो अनुसन्धानपछि नै पत्ता लाग्नेछ । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *