‘चौकीदार नेपालबाट मगाऔँ’ भन्ने दिल्लीकी सांसदले यसरी मागिन् माफी

 

फागुन २८, काठमाडौँ । भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे विवादित अभिव्यक्ति दिएकी छिन् । 

भारतीय लोकसभा चुनाव नजिकिँदै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक अभिव्यक्ति दिएकी हुन् । 

null

उनले मोदीलाई कटाक्ष गर्दै ट्वीटरमा लेखेकी छिन्, ‘प्रिय भारतवासी, यो पटक प्रधानमन्त्री नै चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् ।’ 

 

सामाजिक सञ्जालमा नेपालीहरुले व्यापक आलोचना गरेपछि अहिले उनले उक्त विवादित अभिव्यक्ति हटाइसकेकी छिन् । उनले आफ्नो अभिव्यक्तिले नेपालीहरुको मन दुखेकोमा माफी समेत मागेकी छिन् । 

‘मेरो एउटा ट्वीटबाट नेपालीहरुलाई दुःख लागेको थाहा भएको छ । म यसका लागि छिमेकी देश नेपालका नागरिकसँग माफी चाहन्छु । मेरो उद्धेश्य कसैको मन दुखाउनु थिएन । मैले तपाईँहरुको भावनाको कदर गर्दै ट्वीट हटाएकी छु । गड ब्लेस इन्डिया–नेपाल फ्रेन्डसिप ।’ 

 

भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बा पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी छिन् । 

सन् २०१५ मा भएको दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीका तर्फबाट चाँदनी चोक सिटबाट निर्वाचित भएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *