१५ दिनभित्र सार्वजनिक सम्पत्तिको विवरण पेश गर्न अर्थ समितिको निर्देशन

फागुन २७, काठमाडौँ । संघीय संसदको अर्थ समितिले सरकारको स्वामित्वमा रहेका सबै सार्वजनिक निकायको चल–अचल सम्पत्तिको सम्पूर्ण विवरण १५ दिनभित्र समितिमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकले कार्यालय, महालेखा नियन्त्रक कार्यालय, सबै मन्त्रालय, सार्वजनिक निकाय र आयोगहरुलाई १५ दिनभित्र सम्पूर्ण विवरण पेश गर्न निर्देशन दिएको हो ।
null
मन्त्रालय, निकाय, सचिवालय तथा नेपाल सरकारका आयोगहरुको जग्गा, भवन, सवारी साधनलगायतका सम्पत्तिको विस्तृत विवरण पेश गर्न निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।
बैठकले सार्वजनिक सम्पत्तिको प्रकृति, परिणाम, बजार मूल्य, क्षेत्र, संख्या, समय र स्वामित्व, सम्पत्ति उपयोगबाट हुने गरेको आय र व्ययको विवरण, सार्वजनिक सम्पत्तिबाट प्राप्त भईरहेको प्रतिफल र प्रतिफलको वास्तविक क्षमता, स्थानीय निकायमा हस्तान्तरण भएको भए त्यसको विवरण बुझाउन पनि समितिले निर्देशन दिएको छ ।
अर्थ समितिले पुष १५ गते नै महालेखा नियन्त्रक कार्यालयलाई सार्वजनिक निकायहरुको सम्पति विवरण माग गरेको थियो। महालेखा नियन्त्रक कार्यालयले भने आफूसँग सार्वजनिक सम्पत्तिको यकीन विवरण नभएको समितिलाई जानकारी गराएको छ।








