डाक्टर श्रीमान्‌को कुटाइबाट ज्यान गुमाएकी सुनिताको अन्तिम संस्कार गरिँदै

चैत १७, काठमाडौँ । श्रीमानको कुटाइबाट ज्यान गुमाएकी सुनीतादेवी यादवको आज अन्तिम संस्कार गरिँदैछ । उनको अन्तिम संस्कार माइतीपक्षले गर्न लागेका हुन् । 

दाइजोमा घर र गाडी नल्याएका कारण नारायणी अस्पतालका डाक्टर सचितानन्द यादव (श्रीमान्) को कुटाइबाट घाइते भएकी सुनीतादेवीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो । घटनापछि उनका परिवारका सदस्य फरार छन् भने श्रीमान् सचितानन्द हिरासतमा छन् । 

यादवमाथि कर्तव्य ज्यान अन्तगर्त मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 

null

डाक्टर यादवको कुटाइबाट श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएका छन् । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन समेत गरेका थिए । ।बाराको परवानीपुर बहुअरीकी सुनीता देवीको २०५९ फागुन ९ गते वीरगञ्ज–२० हरपतगन्जका सचितानन्दसँग मागी विवाह भएको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *