नोबेलमा बिद्यार्थीहरुको खेलकुद उत्सव सुरु (भिडियोसहित)

विराटनगर, १७ फागुन । हरेक बर्ष हुदै आएको ‘नोबेल स्पोर्टस फियस्टा’ शुक्रबारबाट सुरु भएको छ । नोबेल मेडिकल कलेजमा चिकित्सा शिक्षा अध्ययन गर्दै आएका बिद्यार्थीहरुले ८ दिने खेलकुद उत्सव सञ्चालन गरेका हुन् । 

कार्यक्रम उद्घाटन गर्दै नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रबन्ध निर्देशक इन्दिरा शर्माले बिद्यार्थीहरुका लागि पढाईसँगै खेलकुदको पनि उत्तिकै महत्व रहेको बताईन् । त्यस्तै नोबेल मेडिकल कलेजका शैक्षिक बिभाग निर्देशक एजी सिंहले पढाईसँगै खेलकुद क्रियाकलाप पनि सञ्चालन गर्दा बिद्यार्थीहरुलाई शारिरीक र मानसिक हिसावले पनि फलदायी हुने बताए । 

 

null

एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१६ ब्याचका बिद्यार्थीहरुले आयोजना गरेको फियस्टामा करिव एक दर्जन प्रतियोगिता सञ्चालन हुदैछन् । फियस्टामा फुटवल, क्रिकेट, भलिवल, फुटसल, ब्याडमिन्टन, म्याराथन, चित्रकला, कविता, निवन्ध लगायत प्रतियोगिता हुने आयोजकले जनाएको छ । नोबेलमा हरेक बर्ष बिद्यार्थीहरुले यसरीनै खेलकुद उत्सव मनाउँदै आएका छन् । 

नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिव २ हजार बिद्यार्थी अध्ययनरत छन् । 

हेर्नुहाेस भिडियाे 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *