‘ए मेरो हजुर–३’ को ‘पराना’ गीतमा अनमोल र सुहानाले लगाए ठुम्का (भिडियोसहित)

 

चैत ८, काठमाडौँ । नायिका झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर–३’ को दोस्रो गीत सार्वजनिक भएको छ । 

पहिलो गीत ‘जिन्दगी नै भन्दिन’ सार्वजनिक भएको एक सातापछि दोस्रो गीत ‘पराना’ शुक्रबार बुढा सुब्बा डिजिटल नामको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । लोक लयको गीतमा अनमोल केसी र सुहाना थापाले दमदार ठुम्का लगाएका छन् । 

null

आशिष अविरल र अन्जु पन्तको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द रहेको छ भने आशिष अविरलको संगीत रहेको छ । 

अनमोल र सुहानाको मुख्य भूमिका रहेको चलचित्रमा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् । 

चैत २९ गतेदेखि रिलिज हुन लागेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =