ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एकको मृत्यु, २ जना घाइते

 

चैत १२, चितवन । चितवनको खैरहनीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

आज (मंगलबार) बिहान १०ः३० बजे पूर्व पश्चिम लोकमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका–१ स्थित गणेश चोकमा वीरगञ्जबाट भरतपुरतर्फ आउँदै गरेको ना ४ ख ९९८१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग १४ प ५५७२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । 

null

ट्रकको ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक सिन्धुली दुधौली नगरपालिका–८ बस्ने ३५ वर्षीय भोमबहादुर पुलामी मगरको उपचारको क्रममा बिहान ११ बजे पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ । 

सोही दुर्घटनामा मोटरसाईकल पछाडी बस्ने मृतककी श्रीमती ३० वर्षीया कालीमाया मगर र ८ वर्षीय छोरा लिलबहादुर पुलामी मगर गम्भिर घाईते भएका भएका हुन् । 

उनीहरु दुवैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *