विराटनगरमा हुने महिला साफको तयारी अन्तिम चरणमा

 

फागुन २३, विराटनगर । यही फागुन २८ गतेबाट विराटनगरमा हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालमै पहिलोपटक काठमाडौं बाहिर विराटनगरमा हुने पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । 

साफ महिला फुटबल प्रतियोगितालाई लक्षित गरी मुख्य खेलमैदान, प्रशिक्षण र अभ्यास खेल मैदानको स्तरोन्नति तथा व्यवस्थापन लगायतका तयारीहरु अन्तिम चरणमा पुगेको एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । काठमाडौं बाहिर गरिएको यो गेम सफल भएमा अन्य गेम विराटनगरमा ल्याउन पनि सहज हुने बताउदै शेर्पाले सबैलाई सहयोग गर्न अनुरोध गरेका छन् । 

null

शेर्पाले खेल समयका लागि सुरक्षाको भरपर्दाे प्रबन्ध गरेको पनि बताएका छन् । मैदानको बाहिरपट्टी पहिलो घेरामा स्वयमसेवक रहने छन् भने दोस्रो घेरामा नेपाल प्रहरीको सुरक्षा रहने छ । यस्तै खेल अवधिभरमा विराटनगरमा जारी विकास निमार्णका क्रममा उत्पन्न हुने धुलो धुवालाई नियन्त्रण गर्न सडक मार्गलाई व्यवस्थित गरी हरेक दिन पानी हाल्ने महानगरले प्रतिबद्धता जनाएको पनि शेर्पाले बताए । 

पछिल्लो समयमा विराटनगरमा बढ्दो ट्राफिक जामको व्यवस्थापनका लागि पनि ट्राफिक प्रहरीसगको समन्वयमा जुनसुकै स्थानमा पार्किङ रोकिने र बढ्दो ट्राफिक व्यवस्थापनको नयाँ रणनीति तय गरिएको उनले जानकारी दिए । उनले साफका विराटनगर महानगरपालिकाको १ करोड र प्रदेश सरकारले ५० लाख सहयोग गरेको पनि पत्रकार सम्मेलनमा उनले जानकारी दिए । 

खेल मैदानको मर्मतका लागि मात्र १० लाख बजेट छुट्याइएको उनले बताए । ६ गतेबाट खेलाडी तथा अन्य एन्फाको व्यवस्थापकीय टिम विराटनगरमा आउने पनि उनले जानकारी दिए । प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने बताइएको छ । 

उनीहरुलाई काठमाडौबाट विराटनगर ल्याउने टिकटको ब्यवस्थापनपनि एन्फाले नै गर्नेछ । नेपाल, भारत, भुटान, बंगलादेश, मालदिभ्स र श्रीलंकाका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुने जनाइएको छ । यस्तै सम्पूर्ण तयारी तिव्र गतिका साथ धमाधम भैरहेको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *