किराँत राई यायोख्खाको १० औ राष्ट्रिय महाधिवेसनको सम्पुर्ण तयारी पुरा

फागुन १६, धरान । किराँत राई यायोख्खाको आउँदो फागुन १८,१९ र २० गते हुने १० औ राष्ट्रिय महाधिबेसनको सम्पुर्ण तयारी पुरा भएको छ । किरात राई यायोख्खा केन्द्रीय तथा जिल्ला समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो तयारी पुरा भएको जनाएको हो । 

 

ईतिहास भुगोल,संस्कृति र सभ्यताको सम्मान एक नम्बर प्रदेश किराँत प्रदेश समग्र प्रदेशबासीको आह्बान भन्ने मुलनाराका साथ हुन गईरहेको अधिवेशनमा देशभरीका २६ जिल्ला कार्य समिती २८ भाषिक, थरगत संस्था, आठ भातृसंगठन, ७ सम्बन्धन संस्था तथा बिदेशहरुमा भारत हङकङ, बेलायत ,अमेरीका अस्टेलिया, क्यानाडा, जापान,दक्षिण कोरीया, बेल्जीयम,युरोप च्याप्टर,कतार,मलेसीया, कुवेत, युएई, साईप्रस लगायतका १७ बटा बिदेश शाखाबाट प्रतिनिधीहरु आउने यायोख्खाका केन्द्रीय अध्यक्ष तिलक राईले जानकारी दिएका छन् । 

null

राईले करिब ९ बर्षपछि पुन सुनसरीको धरानमा एक पटक हुने लागेको महाधिवेसनको तयारी स्वरुप बिभिन्न कार्यहरु गरिसकिएको छ जसमा भिते लेखन ,पोस्टर, अपिल, ब्यानर, एफएम टेलिभिजन, समाजिक सञ्जाल लगायतबाट प्रचार प्रसार गरिएको, भातृ संगठनहरुको अधिवेसन समेत पुरा गरिसकिएको जनाएका छन । 

त्यस्तै फागुन १५ गते बुधबार करिब २ हजार मोटरसाईकाल सहित र्याली गरेर बिराटनगर पुगी प्रदेशका सभामुख प्रदिप कुमार भण्डारीलाई प्रदेशको नाम किराँत राख्न स्मरण पत्र समोत बुझाईएको छ । त्यस्तै अभियान स्वरुप नै धरानमा १० वटा प्याराग्लाईडिङ मार्फत पुष्प बिष्ट्री, ३० जनाको सहभागीतामा हाईकिङ मार्फत पर्चा बितरण, साढे ४ सय जनाको सहभागीतामा धरान रन ,५ टीमको फुटसल प्रतियोगीता, ५० जनाको संख्यामा साईकिलिङ बास्केट बल लगायतका कार्यक्रमहरु समेत गरिएको यायोखखले जनाएको छ । 

धरानको भानुचौकमा हुने कार्यक्रमलाई प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम समेत तय भएको छ भने सबै राजनितिक दलको नेताहरु, आदिबासी जनजाती महासंघका अध्यक्ष तथा प्रतिनिधि, एक नं प्रदेशका मन्त्रीहरु, संघिय सासंद, प्रदेश सभा सदस्य तथा अन्य जातीय संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहनेछ । दिउँसो १२ बजे हुने महाधिवेसनको उदघाटन भानचौकमा हुनेछ भने बन्द सत्र धरान ८ भोटेपुल स्थित सभागृहमा हुने आयोजक किरात राई यायोख्खाले जनाएको छ  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *