आगोले जलेकी महिलालाई डा.शर्माले गरे उद्धार (भिडियोसहित)

अनुहारसहित शरिरका अधिकांस भाग आगोले जलेर गंभीर अवस्थामा पुगेकी कुमारीलाई जलनको पीडा त छदैथियो त्यसमाथी उनलाई उपचार गराउँन नसकी घरैमा राख्नुपर्दा उनको परिवारलाई पनि कम पीडा थिएन । उपचार गर्न नसकेर तड्पिरहेको ऋषिदेब परिवारको पीडा नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले थाहा पाएर उनीहरुको घरैमा पुगी कुमारीलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याए । 

 

गरिब, बिपन्न तथा असहाय हजारौैं बिरामीलाई उद्धार गरिसकेका समाजसेवी डा.शर्मा उनीहरुको झुपडीमा पुग्दा कुमारी जलनको पीडाले तड्पिरहेकी थिईन् ।  

null

गरिब, बिपन्न तथा असहाय हजारौैं बिरामीलाई उद्धार गरिसकेका समाजसेवी डा.शर्मा उनीहरुको झुपडीमा पुग्दा कुमारी जलनको पीडाले तड्पिरहेकी थिईन् । उनको अनुहार, घाँटी, छाती, हात लगायत भाग आगोले जलेको छ । कम्मरभन्दा माथिको अधिकांस भाग जलेकी कुमारीलाई सुरुमा धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको भएपनि त्यहा सामान्य उपचार गरी थप उपचारका लागि काठमाण्डौं रिफर गरियो । तर, पैसा नभएका कारण काठमाण्डौ लैजान नसकेर उपचार नै नगरी घर ल्याएर राख्नुपरेको श्रीमान पनिलाल ऋषिदेबले गुनासो सुनाए । ‘अलिअलि भएको पैसा घोपामै सकियो । उपचार गर्न नसकेपछि केहि सिप नलागेर जे होला–होला भनेर घर ल्याए ।’ पीडा सुनाउँदै उनले भने ‘धन्न सुनिल सर आएर ठुलो गुन लगाउँनुभयो । सुनिल सर हाम्रा लागि साँच्चै भगवान सरह बन्नुभयो ।’ 

 

स्थानीय राजकुमार लिम्बुले घटनाको बारेमा बताएपछि डा.शर्माले डाक्टर र नर्शको टोली तत्काल ऋषिदेबको घरमा पठाएर सामान्य उपचार गराएका थिए । त्यसपछि एम्वुलेन्स लिएर घरैमा पुगेका डा.शर्माले उनलाई निःशुल्क उपचारका लागि नोबेल अस्पताल ल्याएका हुन् । नोबेलमा निःशुल्क औषधि, उपचारसहित बिरामी र कुरुवालाई समेत खानाको ब्यवस्था पनि डा.शर्माले नै मिलाईदिए । नोबेल अस्पतालमा उनको उपचार पश्चात प्लाष्टिक सर्जरीका लागि डा.शर्माले नै एम्बुलेन्सको खर्च बेहोरेर काठमाडाैं पठाएका छन् । काठमाडाैं उपचारका लागि डा.शर्माले एक लाख रकमसमेत प्रदान गरेका छन् । 

 

खोला किनारमा बालुवा चालेर जिविका चलाउँदै आएका उनीहरुको आफ्नो नाममा एक धुर पनि जमिन छैन । अर्काकैमा काम सघाएर झुपडी बनाएर बस्दै आएका उनीहरुलाई दुई छाकको जोहो गर्न पनि धौ–धौ हुँदै आएको छ । उनीहरुको अत्यन्तै दयनीय अवस्था थाहा पाएर उपचारमा सहयोग गरेको डा.शर्माको भनाई छ । डा.शर्माले यसअघि पनि हजारौं गरिब, बिपन्न तथा असहाय बिरामीलाई सहयोग गरेर प्रशंसा पाउँदै आएका छन् । 

हेर्नुहाेस भिडियाे रिपाेर्ट 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *