जन्ती बोकेको बस दुर्घटना: एकको मृत्यु, १५ जना घाईते

चितवन, २६ फागुन । जन्ती बोकेर माडी जाँदै गरेको बस चितवन राष्ट्रिय निकुञ्ज सडक खण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ना ७ ख २२८ नम्बरको बस शनिबार साँझ ५ बजेर १५ मिनेट जाँदा कसरा नजिक भएको दुर्घटनामा माडी नगरपालिका २ चिरौली बस्ने अन्दाजी ३० बर्षीय मिथुन महत्तोको गएराती मृत्यु भएको हो । दुर्घटनामा १५ जना यात्रुहरु घाईते भएका छन् । 

 

घाइते मध्ये १४ वर्षीय क्षितिजा महत्तो र २० बर्षीय पुजा महत्तोको अवस्था गम्भीर रहेको छ भने १४ बर्षीय प्रकृति महत्तो,१६ बर्षीय सकिना महत्तो,१४ बर्षीय सपना महत्तो,१९ बर्षीय बिशाल महत्तो,२० बर्षीय बुद्द महत्तो,५० बर्षीय गायत्री महत्तो,१५ बर्षीय सुस्मिता महत्तो र १३ बर्षीय सलिना महत्तो घाइते भएका छन् । 

null

घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । टाँडीबाट चिरौली तर्फ जन्ती लिएर जाँदै गरेको बस आफै अनियन्त्रित भएर पल्टिएको थियो । चालकले अत्याधिक मादकपदार्थ सेवन गरेकाले बस पल्टिएको यात्रुहरुले बताएका छन् । बसका चालक फरार रहेकाले उनको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =