अफगानिस्तानमा कारबाहीमा परी ६० जना लडाकू मारिए

फागुन २६, अफगानिस्तान। अफगानी सुरक्षाकर्मीले गत चौबिस घण्टाको अवधिमा तालिबान लडाकूविरुद्ध गरेको कारबाहीमा परी कम्तीमा ६० जना लडाकू मारिएका छन् ।विषेश सुरक्षा बलले गरेको सो कारबाहीका क्रममा ती तालिबान लडाकूहरु मारिएका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । 

स्रोतहरुलाई उद्धृत गर्दै खामा प्रेसले जनाए अनुसार २९ जना तालिबान लडाकूहरु बाराकी बाराक र चार्खमा मारिएका हुन् । सो घटनामा परी एक जना तालिबान लडाकू कमाण्डर घाइते भएका छन् भने विस्फोटक पदार्थ विस्फोटन हुदा एउटा सवारी साधन जलेर नष्ट भएको छ । सुरक्षाकर्मीहरुले घटनास्थलबाट बम बनाउने अन्य सामग्रीहरु पनि नियन्त्रणमा लिएको सुरक्षा स्रोतले जानाकारी दिएको छ । 

त्यस बाहेक अफगान विषेश सुरक्षा फौजले सामान्गाममा पर्ने राजमार्गमा गरेको सुरक्षा कारबाहीमा परी चार जना तालिबान लडाकू मारिएका छन् भने तीन जना घाइते भएका छन् । त्यस्तै आक्रमण उनीहरुले हेल्मन्ड प्रान्तको नोवजाड र मुस क्वाल जिल्ला र उरुज्गान प्रान्तको तारिङ्क शहरमा पनि गरेका थिए । ती आक्रमणहरुमा परी १२ जना लडाकू मारिएका सुरक्षा अधिकारीहरुले जनाएका छन् । सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुसँग सम्वन्धित एउटा रेडियो टावर र आइइडी पनि नष्ट गरिदिएका छन् ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *