पर्वतमा कुटपिटबाट एक युवाको हत्या

पर्वत, १५ चैत । पर्वतको मोदी गाउँपालिका वडा नंं ८ चित्रेमा कुटपिटबाट एक युवाको हत्या भएको छ । गत मंगलवार राति ९ बजेको समयमा सँगै बसेर मदिरा सेवन गरेका युवाहरुबीच झगडा हुँदा स्थानीय ३३ वर्षीय सन्तोष भन्ने गंगाप्रसाद विकको हत्या भएको हो । 

 

चित्रेस्थित नेपाने सादी खोलामा कुटपिट गरी विकलाई मारेको आरोपमा स्थानीय दुई युवा पक्राउ परेका छन् । हत्याको सूचना पाएलगत्तै प्रहरीले सोही ठाउँको सामुदायिक जंगलमा लुकिछिपि रहेको अवस्थामा २३ वर्षीय दलबहादुर नेपाली र २३ वर्षकै रविन सुनारलाई पक्राउ गरेको छ । 

null

पक्राउ परेका युवाहरुले प्रारम्भिक बयानका क्रममा घटना स्वीकार गरेका छन् भने मुख्य अभियुक्त २६ वर्षीय कृष्णबहादुर सुनार फरार रहेको जनाइएको छ । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । मृतक विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =