१५७ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना

 

फागुन २६, काठमाडौँ । केन्या जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना भएको छ । 

प्राप्त जानकारी अनुसार इथोपियन एयरलाइन्सको बोइङ ७३७ ले केन्याको राजधानी नैराबीको लागि उडान भरेको थियो । विमानमा चालक दलका ८ सदस्यसहित १५७ जना सवार थिए । 

null

विमान टेकअफ गरेको करिब १० मिनेटपछि विमान एयर ट्राफिक कन्ट्रोलबाट सम्पर्कविहिन भएको थियो ।  

इथोपियन एयरलाइन्सका प्रवक्ताले घटनाको पुष्टि गरेका छन् । स्थानीय समय अनुसार आइतबार बिहान ८ः ४४ मा आदिस अबाबानजिकै दुर्घटना भएको हो । 

इथोपियाका प्रधानमन्त्री कार्यालयले विमान राजधानी अदिस अबाबाबाट नैराबीको नियमित उडानमा रहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *