चीनमा ट्रकको ठक्करबाट ३० पैदलयात्रीको मृत्यु, ४ जना घाइते
२०७५ चैत १४ गते

चैत १४ ग्वाटेमाला । चीनको ग्वाटेमाला शहरमा ठूलो दुर्घटना भएको छ । प्राप्त जानकारी अनुसार दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् ।
तीव्र गतिमा आएको ट्रकले सडकमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट उनीहरुको मृत्यु भएको बताइएको छ ।
null
उक्त दुर्घटनामा पहिले कारले एक व्यक्तिलाई ठक्कर दिएर घाइते बनाएको थियो । घाइतेलाई हेर्न थप केही व्यक्तिहरु सडक नजिक गएका थिए । सोही समयमा पछाडीबाट ट्रक आएर उनीहरुलाई ठक्कर दिएको हो ।
अहिले राहत कार्य जारी छ । घटनाबारे अनुसन्धान भइरहेको छ । थप विवरण आउन बाँकी छ ।
२०७५ चैत १४ गते
प्रतिक्रिया
सम्बन्धित








